साहित्य

कविता : प्रिय छोरा

sharad pokhrel

शरद पोख्रेल प्रिय छोरा तिमी आफैले उड्नुछ माथिसम्म सूर्यको नजिक सम्म चन्द्रको नजिक सम्म र ल्याउनु पर्नेछ हाम्रा साँघुरा र अँधेरा कोठाको लागि एक अन्जुली उज्यालो शीतल। तिमी आफैले पुग्नु पर्नेछ माथी सम्म जालझेलका झाडीहरू पन्छाउदै आफ्नो बाटो आफै बनाउदै लड्दै उठ्दै र दौडदै पुग्नु पर्नेछ पहाडैसम्म र ल्याउनु पर्नेछ केही जडीबुटीहरू बूढी आमाको लागि भरोसाको मलम बूढा बाको लागि ...

Read More »

गजल : रितु खनाल

ritu khanal

देवि किन भन्छौ कुन्नी खुसीको पो भान हुन्छ अपार तिम्रो प्रेमले यो मनको सान हुन्छ ।। इशारा नै काफी छ दुरि जत्ती भए पनि बोल्नैपर्छ भन्ने छैन भित्ताको नि कान हुन्छ ।। समिपमा रहनु मात्र माया कहाँ हो र ? जहाँ बिश्वास हुन्छ त्यहाँ प्रेमको सम्मान हुन्छ ।। लोलाएका नयन बिच सपनिको भेट ले बृहत खुशी भइ मन भित्रै तानातान ...

Read More »

कवि वीरूले पाए जसराज किराती साहित्य पुरस्कार

beeru-5

काठमाडौँ, २४ चैत । भारतको सिक्किम निवासी नेपालीभाषी कवि वीरु बाङ्देल काठमाडौँमा ‘जसराज किराती साहित्य पुरस्कार–२०७४’ बाट पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले उक्त पुरस्कार बाङ्देललाई प्रदान गरेका हुन् । पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ । बेलायतमा बस्ने साहित्यकार रक्ष राई लगायतको सक्रियतामा जीवित कवि ...

Read More »

मेरा गणितका गुरू !

sharad pokhrel

शरद पोख्रेल मैले घोकेका साध्य र ज्यामितीहरू आयतन र परिमितीहरू अनि ती बिजगणितका डरलाग्दा ‘ए’ र ‘बि’का सूत्रहरू खै कहाँ काम लाग्छन् ? जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले कैयौ मुर्गा बनाइएका थिए चौरमा कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई, मानौकी मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो तर अचेल मलाई हजारबार जिन्दगीले ...

Read More »

खलपात्रका फरक स्वादका कविता

20180311_182901

काठमाडौँ, ६ चैत । मोफसल तथा राजधानीका विभिन्न साहित्यिक समारोहहरूमा फरक हुलिया बोकेर कविता सुनाउँदै हिँड्ने कवि मुकुन्द खलपात्र युवा पुस्तामाझ चर्चित र लोकप्रिय बनिरहेका नवकवि हुन् । संग्रह ननिस्किँदै चर्चित बनिरहेका चितवनका उनै खलपात्रले सोमबार राजधानीको मण्डला नाटकघरमा आफ्ना फरक स्वादका कविता सुनाए । चितवन–काठमाडौँ सेवा समाजको आयोजना तथा आँबुखेरेनी सेवा समाजको सहआयोजनामा चितवनमा थिएटर निर्माणका लागि माहौल तताउने ...

Read More »

पाँच भोजपुरे प्रतिभालाई मातृभूमि सम्मान

m-4

काठमाडौँ, २० फागुन । काठमाडौँको बौद्ध–जोरपाटी क्षेत्रमा बसोबास गर्दै आएका भोजपुरबासीको संस्था भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका भोजपुरका पाँच प्रतिभावलाई सम्मान गरेको छ । महान सिद्धार्थ उच्च मावि जोरपाटीमा आयोजित कार्यक्रममा भोजपुरका शिक्षासेवी केदारनाथ श्रेष्ठ, जनवादी गीतकार श्याम तमोट, पूर्वमन्त्री, कवि तथा गीतकार शंकर कोइराला, संगीतकार बुलु मुकारुङ तथा समाजसेवी पासाङ दोर्ची शेर्पालाई सम्मान ...

Read More »

कवि वीरु बाङ्देललाई जसराज प्रतिभा पुरस्कार

beeru Bangdel

काठमाडौँ, १५ फागुन । सिक्किमका कवि वीरु बाङ्देललाई जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल÷बेलायतले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएवबापत बाङ्देललाई पुरस्कृत गर्ने निर्णय गरिएको संस्थाका संस्थापक अध्यक्ष रक्ष राईले बेलायतको वेल्सबाट जानकारी गराए । भारतीय नेपाली कविताका क्षेत्रमा ख्यातिप्राप्त कवि बाङ्देलका ‘आहट मानेभन्ज्याङको’ र ‘कसाइको बस्तीमा’ दुई कविताकृति ...

Read More »

चलचित्र ‘खुल्ला आकाश’ सम्पादनमा

khulla1

काठमाडौँ । आर.टी.आई. एड इन्टरनेशनल नेपालको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘खुल्ला आकाश’को छायाङ्कन पूरा भई सम्पादन कार्य सुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगालेका जीवन थापा ‘क्षितिज’को लेखन र बिएन ढकालको सहलेखन रहेको चलचित्र ‘खुल्ला आकाश’को निर्देशन ज्ञानेन्द्र कोइरालाले गरेका हुन् । पूर्ण भुजेल, केशव निरौला, कर्ण नेपाली र दीपक थापा चलचित्रको निर्माता रहेका ...

Read More »

गजल : अम्बिकाप्रशाद डाँगी

FB_IMG_1518825397370

घाम घामजस्तो होस्,अनि पो घाम हुन्छ काम कामजस्तो होस्,अनि पो काम हुन्छ । देखाउने र चपाउने दाँत हात्तीका फरक बाम बामजस्तो होस्,अनि पो बाम हुन्छ । सुनिन्छ्न् बजारमा,अनेकथरी कुरा नाम नामजस्तो होस्,अनि पो नाम हुन्छ । एउटा ताक्छ पुर्व,अर्को तक्छ पश्चिम मन मन जस्तो होस्, अनि पो तमाम हुन्छ । बोल्छौ एउटा कुरा,गर्छौ अर्कै कुरा पीडा पीडा जस्तो होस्,अनि पो ...

Read More »

कविता : प्रेमको सहर

tara-parajuli

तारा पराजुली तिमी स्विकार या नस्विकार जे गर तर हामीले प्रेम दिवस थाहा हुनु भन्दा धेरै अघि पढेका हौँ प्रेमको बर्णमाला उतिबेलै हामी आफैंले उठाएका हौँ प्रेमको बढेमान पर्वत त्यहीँ बनाएका हौँ प्रेमकै इँट्टा इँट्टा जोडेर सुरक्षित घर बनाएका हौँ भव्य शहर अनि बसाएका हौँ उज्यालो वस्ती र एकाअर्कालाई गरेका हौँ बेस्सरी प्रेम। त्यो समय एक साथ सयौं सूर्यहरु उदाएको ...

Read More »