पर्यटन

स्वर्गको टुक्रा जस्तो प्राकृतिक सौन्दर्यको अदभुत नमुना रारा ताल

001_rara-sec_rara-lake_bharat-bandhu-thapa_ghtdp_618x385

शुर बहादुर सिंह जुम्ला – सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसैंपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बमले भने – “असार, साउन र ...

Read More »

प्यूठानमा पहिलो पटक पर्यटकीय पदमार्ग निर्माण

20161117124422_padmarga-1-1

प्यूठान, ४ मंसिर। उत्तरीपूर्वी प्यूठानका दुर्गममा पर्ने चार गाविसमा रहेका ऐतिहासिक एवम प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन हुने भएपछि स्थानीय उत्साहित भएका छन् । लिवाङ, पूँजा, रजवारा र अर्खा गाविसलाई समेटर ‘गौमुखी क्षेत्र पर्यटकीय पदयात्रा मार्ग’ निर्माण भएपछि स्थानीय उत्साहित भएका हुन् । पदयात्रा निर्माणले लिवाङको दहीहाल्ना, स्नाथान, देउतापोखरी, लालीगुराँस रङ्गशाला, मुर्चुल, पूँजाको तामाखानी, रजवाराको झाक्रीढुंगा, सानो ठूलो नाङ्गीलेक, अर्खाको गौमुखी मन्दिर, ...

Read More »

रुकुममा प्याराग्लाइडिङ उडानको सफल परीक्षण

paragalaidinrr

इन्द्रेणी संवाददाता रूकुम, २९ कार्तिक । रुकुममा पनि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुकुममा प्याराग्लाइडिङको परीक्षण शुरू गरिएको हो । पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र नेपालको आयोजनामा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गर्न थालिएको हो । रूकुम सदरमुकाम खलङ्गामा रहेको जन्ती बस्ने लेकबाट रमणीय पर्यटकीय क्षेत्रहरू मुसिकोट, रूकुमकोट र वाँफीकोटमा सम्भावित स्थानबाट प्याराग्लाइडिङ परीक्षण शुरू ...

Read More »

किन तुहियो त दाङमा अन्तराष्ट्रिय विमानस्थल ?

untitled-1

सरकारी  नीति अनुसार प्रत्येक क्षेत्रमा अन्तराष्ट्रिय स्तरका एक÷ एक वटा क्षेत्रिय विमानस्थल बनाउने  भनिएपनि मध्यपश्चिमान्चल विकास क्षेत्रमा अझै निर्माण हुन सकेन । अनुकुल भूगोल, हावापानीसंगै प्राविधिक अनुकूलताले निकै उत्तम मानिएको दाङमा सरकारले विमानस्थल निर्माण गर्ने प्रकृया अगाडि बढाएपनि परिणाम अझै हात लाग्न सकेको छैन । समग्र मध्यपश्चिमको कृषि पर्यटन आधार मानिने दाङमा अन्तरािष्ट्रय स्तरको विमानस्थल बनाउने सरकारी योजना जिम्मेवारहरुको बेवास्ताकारण ...

Read More »

विश्वकै सबै भन्दा ठूलो शालिग्राम शिला सङ्कटमा

shalikram-parbat

पर्वत, २१ कार्तिक । ‘विश्वकै ठूलो’ शालिग्राम शिला अस्तित्व सङ्कटमा पर्दै गएको छ । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको उक्त शिला समयमा संरक्षण हुन नसदा संकटमा पर्दै गएको हो । गत वर्षातमा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएको छ । शिला संरक्षण तथा भक्तजन परिक्रमा गर्नका लागि निर्माण गरिएको संरचना नदीतर्फको भागमा पूरै भत्किएको ...

Read More »

काठमाडौंका १० स्थानलाई पर्यटन गन्तव्य

ktm-624x353

काठमाडौं, १० कार्तिक । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरूबीच ‘एक नगरपालिका एक साझेदारी कार्यक्रम’अनुसार काठमाडौंका १० स्थानलाई पर्यटन गन्तव्य बनाइने भएको छ । काठमाडौं जिविसको वार्षिक जिल्ला विकास योजना ०७३–७४ मा एक नगरपालिका एक उद्यान र एक नगरपालिका एक पोखरी कार्यक्रमलाई अघि बढाइने उल्लेख छ । आन्तरिक तथा स्थानीय पर्यटन प्रवद्र्धन गर्न र नपाभित्रका सार्वजनिक जमिनको संरक्षण ...

Read More »

पोखराको पुम्दीकोटमा १०८ फिट अग्लो शिवको मुर्ति बन्ने

shivas-murti-pokhara

पोखरा ७  कत्तिक। पोखरा-२५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको बिशाल मुर्ति बन्ने भएको छ । खरादेखी करीब १३ किलोमिटर दक्षिण पश्चिम पर्ने फेवातालको दक्षिणी किनारको माथिल्लो भाग अर्थात हाल रहेको पुम्दीकोट टावरसँगै १ सय ८ फिट अग्लो भुमेश्वर महादेवको मुर्ति बन्ने भएको हो । पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिले २१ करोड खर्चेर शिव मुर्ति, स्मृति पार्क ...

Read More »

पातले छाँगो आन्तरिक पर्यटनको गन्तव्य

pokhara-1024x597

पोखराको पातले छाँगो आन्तरिक पर्यटनको गन्तव्य स्थान बन्दै गएको छ । आजभोलि छाँगोको सुन्दर दृष्य हेर्नका लागि दैनिक हजारौं पर्यटनकहरु जाने गरेका छन् । पातले छाँगो अबलोकन गर्दै पर्यटकहरु ।

Read More »

पर्यटन प्रवर्द्धन गर्न १० बुँदे धम्पुस घोषणापत्र

941b353bdea8bb7447744295fdf18fc0

पोखरा, २९ असोज । अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट) को प्रवर्द्धनका लागि ‘१० बुँदे पर्यटन प्रवर्दन धम्पुस घोषणापत्र’ जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न धम्पुसमा घोषणापत्र जारी गरिएको हो । नेकपा एमालेका नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, ...

Read More »

पाल्पा बालिघाट नयाँ पर्यटकीय गन्तब्य

balighat

रामपुर / पाल्पा । कालीगण्डकी नदीको किनारमा अवस्थित बालिघाट क्षेत्रलाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा स्थापना गरेपछि विगत दुई वर्षयता पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । बालिघाट धार्मिक क्षेत्र संरक्षण समितिको पहलमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि रमणीय बनेको बालिघाट क्षेत्रले धेरैको मन लोभ्याएको छ । स्थानीयवासीको पहलमा सरकारी एवम् गैरसरकारी ...

Read More »