साहित्य

म दलित,उनी ठकुरी जात मिलेन

15211651_339033233136618_2011036804_n

दोहा / कतार । अन्य समुदाय बाट अछुत र पछाडी पारियको जाती ,जसलाइ समाज ले नै नराम्रो नजर ले हेर्छ । त्यही जात हो दलित,जुन सुन्ने बितिकै समाज का गनियका ठुलो जाती मानियका अछुत सम्झन्छन । व्यवहार गर्छन।त्यहिअछुत भित्र म पनि पर्छु । सानै थिय घर को गोठालो गर्थे साथै अध्यनन पनि बाबा आमा पनि खेती किसानी मै ब्यस्त हुनु हुन्थ्यो ...

Read More »

फेसबुकले बनायो गुरुङलाई कवि

2

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक यस्तै कविताको ‘रेमिट्यान्स’ लिएर स्वदेश फर्किएका छन्, बहराइनमा कार्यरत भोजपुर, छिनामखुका युवा सुन्दर गुरुङ । उनै गुरुङको पहिलो कविताकृति ‘आफूले खोजेको स्वर्ग’ बिहीबार राजधानीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश ...

Read More »

कथा : फेसबुक कि खडकेनी

Dipak-Ghimire-web

अचम्मको छ फेसबुक । उतिबेला खास्सै चलाउन जानिएन, जतिबेला जवानी थियो । जवानीमा अभावले होला, मोबाइलसम्म देख्न पाइएन । जब बुढेसकाल लाग्यो, यो अचम्मको चीज हाता लाग्यो– फेसबुक । उ बेला एउटीलाई अति मन पराउँथें । दस पटक लभलेटर लेखेर पठाएँ । सबै फिर्ता । हात चिरेर उसको नाम लेखेर उसलाई पट्याउन खोजें तर अहँ ! सकिनँ । अहिले हेर्नुस् ...

Read More »

गजल

saraswati-gurung-240x300

सरस्वती गुरुङ तिमी डोली चढ्नु पहिले, जहर पिलाई मारिदिनु । सवाल पक्कै आउँछ होला, बाहानामा टारिदिनु ।। तिम्रो घरको बाटो हुँदै, मेरो लास बोकी लग्दा । तिम्रो नामको पूmल एउटा, लासमाथि पारिदिनु ।। पराई घरमा तिमीलाई, पक्कै डर लाग्छ होला । बिरामीको बाहानामा, दुई छाक जुठो बारिदिनु ।। आउन सक्छ, झझल्को आँखामा कहिलेकाहीँ । वर्तमानमै रमाउनु, अतितलाई पर सारिदिनु ।। ...

Read More »

गजल : तारा पराजुली

tara g

केही बोलेनौ भावुक बनी छुट्ने बेला उस्तै उदास थिएँ म पनि छुट्ने बेला। भिजेका आँखा अबरुद्ध गला लिएर गयौ गएँसम्म नभनी छुट्ने बेला। बढदो धडढ्कन भक्कानिएको आवाज सम्झायौ आउने दिन गनी छुट्ने बेला। जब यादहरु ब्युंझेर हेर्न थाले रित्तो बाटो सम्झिरहें उही मनको घनी छुट्ने बेला। अन्यौल थिए ताराआकाश मौन थियो यस्तै यस्तै देखेथेँ सपनी छुट्ने बेला।

Read More »

गजल : शिव पराजुली

15086787_745114402309428_114062343_n

यो आगो कसरी भो पानीकसरी भो हिजोको बालक जवानी कसरी भो सोच्छु पत्थरलेबनेका मान्छेहरुको चिता कसरी भो खरानी कसरी भो म रगत र पसीनाले पैसा साटदैछु कुर्सिमा बस्नेको आम्दानी कसरी भो पर्दा पछाडी र अगाडीबाट देसलुटने इ अपराधी मर्दा मलामी कसरी भो अब गजललेखेर धराहरा बनाउछु कसैले नभनोस लगानी कसरी भो हाल मलेसिया

Read More »

कविता : सुपर मुन

tara g

ए जून ! तिमी मेरो नजिक नजिक नआउ। ती अनेकन नक्षत्रहरुको चुलबुल कहिले साँझको रातो सिम्रिक पहिरिएर कहिले रातको गहिरो बर्को ओडेर ताराअरुलाई झुक्याएर कहिले आधा कद कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर नओर्ल यी बादलका खुड्किलाहरु यति फराकिलो आकाशको आँगन छोडेर झर्ने सुरसार नगर धर्तीको भिरालो आँगन म तिमीलाई परै बाट भेट्न् चाहान्छु थाहा छ ? ...

Read More »

भर्जिनिया उल्फ र आँसुका फूल विमोचित

book-by-jaya

काठमाडौँ । बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई आफ्नो पछिल्लो कृतिका साथ नेपाल आएकी छिन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्राकृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले विमोचन गरे । गद्य लेखनमा जया राईको पकड बलियो रहेको उल्लेख गर्दै प्रमुख अतिथि काइँलाले भने, ‘मिठासपूर्ण भाषा–शैलीमा जयाले विभिन्न स्थानको ...

Read More »

देवकोटा … केही फ्ल्यासब्याक

hqdefault

शङ्कर लामिछाने  बम्बई । राजभवन । राज्यपालको बैठक । झ्यालमुन्तिरै समुद्रको लहर छाल मार्दै छ । हामी चियालाई निम्ताइरहेका छौँ । ‘श्रीप्रकाशजी, यो घर त एक कविलाई सुहाउँदो रहेछ !’ ‘किन ?’ समुद्रको छेउ । यहाँ बस्यो भने कविता त्यसै बन्छ । बगिरहेको पानी हेरेर कहिले पनि कोही अघाउँदैन !… मद्रास । समुद्रतट । देवकोटा, घिमिरे र म । जुत्ता ...

Read More »

कथा : चुरोट

sabita-sapkota

हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? कसैले मनभित्रै धुवाँ उडाउँछन् त कसैले बाहिर । फरक त्यति हो मनभित्रको धुवाँले आफँैलाई प्रदूशित बनाउँछ र बाहिर फाल्ने धुवाँले वातावरण । ...

Read More »