फोटो फिचर

भेनेज्वेलामा जारी १७ औँ शिखर बैठकमा उपराष्ट्रपति पुन सम्बोधन

काठामाडौं, २ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन (नाम) शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताएका छन्। भेनेज्वेलाको मार्गरिटा टापूमा जारी नामको १७ औँ शिखर बैठकलाई आज सम्बोधन गर्दै उनले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको असमानतालाई हटाउन र सबैको साझा समृद्धिका लागि विश्वव्यापी आर्थिक न्यायका पक्षमा नामले आफूलाई उभ्याउनुपर्ने बताए । नामका आधारभूत सिद्धान्त र आदर्शप्रति नेपालको अटल आस्था ...

Read More »

जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानको स्मृति दिवस मनाइदै

काठमाडौ, २ असोज । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको आज स्मृति दिवस मनाईंदैछ । सिंहको स्मृतिमा आज नेपाली काग्रेसलगायत, अन्य दल, संघ संस्थाहरुले विभिन्न कार्यक्रम गदैछन् । काठमाडौको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण गरिँदैछ । लौहपुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर ...

Read More »

दश हजार मेगावाट बिजुली नौ वर्षमा : ऊर्जामन्त्री

janardan-sharma

काठमाडौं, ३१ भदौ। ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले २ वर्षभित्र लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने घोषणा गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी ३७ बुँदे प्रतिवद्धतापत्र मार्फत उनले यस्तो घोषणा गरेका हुन् । मन्त्री प्रभाकरले त्यसका लागि दुईवर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा १ हजार ४५० मेगावाट बिजुली थप्ने दावी गरे । अहिले निर्माणाधीन आयोजनालाई द्रुतगतिमा निर्माण गरेर २ वर्षमा जसरी पनि ...

Read More »

बाल दिवसको अवसरमा गुरुकुलमा प्रतियोगितात्मक कार्यक्रम

14341351_1871727103058711_1346654622_n

घोराही, २९ भदौ । राष्ट्रिय वाल दिवसको अबसरमा घोराही–११ रतनपुरको गुरुकुल इन्टरनेशनल एकेडेमीले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेको छ । ‘सम्वद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ आज आयोजना गरेको कार्यक्रममा पौडी दौड, दौड, कुर्र्सी दौडलगायतका प्रतियोगिता भएका थिए । प्रतियोगितामा पौडी दौड प्रतियोगितामा छात्रतर्फ जीवन बोहरा प्रथम, ऋतिक उपाध्याय द्धितीय र एन्ड्रीक बस्नेत तृतीय भएका थिए । त्यस्तै एक ...

Read More »

प्रेस सेन्टर नेपालको ५ नम्बर प्रदेशको प्रथम अधिवेशन नेपालगञ्जमा शुरु (फोटो फिचरसहित हुर्नुहोस्)-

14365307_1188960157833988_669910531_n

इन्द्रेणी संवाददाता नेपालगञ्ज, २९ भदौ । प्रेस सेन्टर नेपाल प्रदेश नम्वर ५ को प्रथम प्रदेश अधिवेशन आजदेखि नेपालगञ्जमा शुरु भएको छ । ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा हाम्रो आन्दोलन, पेशागत एकता र सुदृढ संगठनका लागि प्रथम प्रदेश अधिवेशन’ भन्ने मुल नाराका साथ शुरु भएको अधिवेशनको उद्घाटन पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले गर्नुभयो । ५ नम्बर प्रदेशका संयोजक मौसम रोकाको ...

Read More »

भारतको बेङलुरुमा ४० बसमा आगजनी

160912135943_cauvery_water_dispute_624x351_afp

भारतको पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवादमा ४० वसमा आगजनी गरिएको छ । तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो । जसले सोमबार हिस्रक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बेङलुरुमा ४० बसमाथि आगजनी गरे। जसका कारण स्थानीय प्रशासनले धारा १ सय ४४ लागु ...

Read More »

पर्यटकीय गन्तव्य बन्दै कुपिण्डे दह

kupinde_daha_salyan-624x468-1

इन्द्रेणी संवाददाता सल्यान, २८ भदौ । पछिल्लो समय सल्यानको कुपिण्डे दह पर्यटकिय गन्तव्य बन्दै गएको छ । दहबाट उत्तरतिर हिमश्रृङ्ला देख्न सकिने सो स्थानमा दैनिक रुपमा आन्तरिक पर्यटकहरु घुम्न आउने गर्दछन् । पहाड, हरियाली जङ्गल र बीचमा रहेको सुन्दर मनै लोभ्याऊने दृश्य भएको कुपिण्डे दहमा पुग्ने जो कोहीको पनि मन नरमाउला भन्न सकिदैन । यस जिल्लाका मात्र नभई राप्ती र ...

Read More »

बुढेकालमा सहारा कोही छैन् , बाच्न गारो छ हाम्लाई

111

कुसुम बि.क बर्दिया,४ भदौ आमा वुवाको माया छोराछोरि माथि, छोरा छोरीको माया ढुगामुढा माथि , भने जस्तै रैछ साच्च्ौ जिवन बुढेसकालमा छोराछोरीको सहारा भन्दा नि एक अर्काको बुढाबुढी सहार बनेर बर्र्दियामा जिवन निर्वाह गर्दै बृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउदै आफ्नो जिवन गुजरा चलाउने गछन् । एउटा शिशुको जिवन नौ महिना सम्म  आमाको  गर्भमा बसेर बाहिर आए पछि नौलो ...

Read More »

pul

अबिरल वर्षापछि दाङमा विभिन्न नदि तथा खोलामा पनीको वहाव वढेको छ । हेर्नुहोस राप्ती नदिमा उर्लेको वाढी ।  स्रोत-देउखुरी साप्ताहिक टुडे । 

Read More »