समाचार

साखखोलामा निर्माण भएको पुल जीर्ण वन्दै

bridge

इन्द्रेणी संवाददाता रुकुम, ८ बैशाख राप्ती लोकमार्ग अन्तर्गत सल्यानको शीतलपाटी र रुकुमको मुसिकोट जोड्ने सडक खण्ड अन्तरगत साखखोलामा निर्माण भएको पुल जीर्ण वन्दै गएको छ । द्धन्द्धको समयमा पक्की पुल निर्माण गर्न लामो समय लाग्ने र माओवादीले भत्काउन सक्ने भएपछि नेपाली सेनाले केहि वर्षका लागी बेलिब्रिज राखेर यातायात सन्चालनमा ल्याएको थियो । २०५९ सालमा निर्माण भएको उक्त बेलिब्रिज जीर्ण वन्दै ...

Read More »

समानरुपले राहत बितरण गर्न आग्रह

feature

इन्द्रेणी संवाददाता घोराही, ८ बैशाख जिल्ला भुमि अधिकार मञ्च दाङले जिल्लाका अग्निपिडितलाई समान किसीमले राहत बितरण गर्न आग्रह गरेको छ । मञ्चका अध्यक्ष निर्मला बिकले एक प्रेस विज्ञप्ती जारी गरि देउखुरी क्षेत्रका अग्नि पिडितलाई समानरुपले राहत बितरण गर्न आग्रह गर्नुभएको हो । देउखुरीका राजपुर र गंगापरस्पुरका बिभिन्न ठाउँमा आगलागिबाट पिडित बनेकाहरुलाई आबस्यकता अनुसार र सामानुपातिकरुपले राहत वितरणको व्यवस्था गर्न स्थानिय ...

Read More »

प्रदेश भेला घोराहीमा सम्पन्न

feature

दाङ, ७ बैशाख नेपाल राष्ट्रिय प्राध्यापक संगठनको ५ नम्बर प्रदेश भेला घोराहीमा सम्पन्न भएको छ । भेलाले शिवप्रसाद भुसालको संयोजकत्वमा ४३ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ । शिबप्रसाद भुसालको अध्यक्षता, एकीकृत नेकपा माओवादी दाङकी सहइञ्चार्ज नारायणी शर्माको प्रमुख आतिथ्य तथा संगठनका ससंयोजक बिष्णु खनाल र त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार चन्द्रमणि पौडेलको बिशिष्ठ आतिथ्यमा भेला भएको थियो । ...

Read More »

वैदेशिक राजगारीमा गएका दाङका एक जनाको मृत्यु

feature

दाङ, ७ बैशाख वैदेशिक रोजगारीको शिलशिलामा युएइमा रहेका दाङका एक जनाको मृत्यु भएको छ । दाङ बाघमारे ५ सिमसुन्दरपुरका शैलेन्द्र ओलीको युएईको सारजामा मृत्यु भएको हो । युएईमा रहनुभएका भरत ओलीका अनुसार आइतबार ओली आफ्नै कोठामा मृत अवस्थामा भेटिनुभएको थियो । ओली सारजामा रहेको मुम्ताज पेन्ट कम्पनीमा अफिसियलको रुपमा काम गर्दै आउनुभएको थियो । शब र उहाँको सम्पूर्ण सामान दुबै ...

Read More »

डाँगी र पुनद्वारा राकसं त्याग

feature

इन्द्रेणी संवाददाता घोराही, ७ बैशाख । नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य तुकमान पुनमगर र पूर्व केन्द्रीय सदस्य उदयवहादुर डाँगीले सो संगठन त्याग गर्नुभएको छ । सोमबार संयुक्त विज्ञप्ती प्रकाशित गरेर उहाँहरुले सो संगठन त्याग गरेको घोषणा गर्नुभएको हो । डाँगी र पुनले जारी गर्नुभएको संयुक्त विज्ञप्तीमा नेपाल निजामति कमर्चारी संगठन मुलुकको पेशागत आन्दोलनको जेठो र एकमात्र धरोहर एवं विश्वासिलो ...

Read More »

बुढामगरको सँझनामा कार्यक्रम

इन्द्रेणी संवाददाता दाङ, ७ बैशाख । अखिल नेपाल जनसांस्कृतिक महासंघका जिल्ला सचिव मिलन बुढामगर भिमकी आमा देउमति बुढामगरको १३ औं दिनको पूण्य तिथीमा सोमबार उहाँकै निवास त्रिपुर– ७ बडहरामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । महासंघ दाङका अध्यक्ष टोपेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दिवंगत देउमतिले पुराएको योगदानको चर्चा गरेका थिए । लामो जिवन बाँच्नुभएकी देउमतिको जीवनबाट धेरैले धेरै ...

Read More »

दलित मुक्तिमोर्चा घोराही नगरको अध्यक्षमा विक

इन्द्रेणी संवाददाता दाङ, ७ बैशाख नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा घोराही नगर कमिटीको भेलाले टेकबहादुर विकको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा माया विक, सचिव कलकुमारी चनारा, सह–सचिव चित्रा विक, कोषाध्यक्षमा प्रेमकुमारी परियार रहनु भएको छ । दस्यहरुमा अर्जुन सिंह विक, वुद्धिराम विक, चन्द्र विक, सुनिता सुनार, निमा विक, गिता नेपाली, अम्बिका परियार रहनु भएको ...

Read More »

सीमा क्षेत्रमा उच्च सतर्कता

alcohol

भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरासेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतको बिहार राज्यमा मदिरा प्रयोग र विक्रीवितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पइालार्य आग्रह गरेपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । नेपालबाट भारततर्फ हुने मदिरा तस्करी रोक्न सअयमेगको आग्रह गरिएको महोत्तरीका प्रमुख जिल्ला ...

Read More »

पन्द्र दिने तलिम समापन

feature

इन्द्रेणी संवाददाता दाङ ६ बैशाख पशु स्वाथ्य सम्वन्धी १५ दिने तालिम आइतवार त्रिपुर नगर पालिका १० स्थित नरदेवी मावि तेघरामा सम्पन्न भएको छ । पशुपालन तथा स्याहार गर्दा हुने समस्या र समस्याका समाधानका उपायहरुका बारेमा कृषकहरुलाई जानकारी दिईएको थियो । त्यस अबसरमा आफ्नै खेत बारीमा उन्नत घाँस उत्पादन गरी गोठमा रहेका चौपायाहरुबाट राम्रो उत्पादन लिन सकिने बारेमा बताईएको थियो । ...

Read More »

सवारीकोटको विकासका लागि भौतिक पूर्वाधार आवश्यक

12993516_1014426835315308_1220859880839436537_n

घोराही,४ बैशाख । नयाँ बर्ष २०७३ को सालको  उपलक्षमा  नेपाल पत्रकार महासघ दाङ शाखाले शनिवार लक्ष्मीपुर–५सवारीकोटमा आयोजना गरेको सुभकामना आदान प्रदान तथा पर्यटकिय गन्तव्य सवारीकोटको प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सवारीकोटको विकास लागि भौतिक पूर्वाधारहरुको विकास गर्न आवश्यक रहेको बताएका छन । पर्यटकिय सम्भावना बोकेको जिल्लाकै महत्वपुर्ण क्षेत्रका रुपमा सवारीकोट भएपनि राज्यले ध्यान नदिदा सवारीकोटको विकास हुन नसकेको भन्दै ...

Read More »