स्थानीय खबर

जिम्मेवार भएर चुनावको रिपोटिङ गर्न महासंघको आग्रह

Press Statement asar 13

इन्द्रेणी संवाददाता दाङ, १३ असार । नेपाल पत्रकार महासंघ दाङले भोलि असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको जिम्मेवारीबोधका साथ रिपोटिङ गर्न जिल्लाका सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । आज मंगलवार महासंघका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले विज्ञप्ति जारी गरी निर्वाचनसँग सञ्चारजगतको पनि महत्वपूर्ण कर्तव्य जोडिएकाले रिपोटिङमा सहज बनाइदिन समेत आग्रह गरिएको छ । रिपोटिङका लागि ...

Read More »

विप्लवको बन्दले जनजीवन प्रभावित

DSCN0646

इन्द्रेणी संवाददाता दाङ, १३ असार । स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको विप्लव माओवादीको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बजार बन्द रहेका छन् भने कलकारखाना, यातायात ठप्प छन् । बन्दले भोलि निर्वाचनमा भोटिङ गर्नका लागि गन्तव्यमा पुग्न सर्वसाधारणलाई कठिन भएको छ । भोलि सरावीका साधन सञ्चालन गर्न नपाइने भएकाले आजनै मतदाताहरु गन्तव्यमा पुग्नुपर्ने वाध्यता ...

Read More »

एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई कुटे

feature0

घोराही, १३ असार । दाङमा एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १७ को क्वाडीमा एमालेबाट वडा अध्यक्ष पदका उमेद्वार विवेक श्रेष्ठको नेतृत्वमा रहेका एमालेका युवाहरुले विनाकारण कांग्रेसका दुई जना युवाहरुलाई कुटपिट गरेको काग्रेस दाङले आरोप लगाएको छ । गएराति ११ बजेको समयमा मोटरसाईकलमा गएको समूहले छिमेकीको घरबाट आफ्नो घर जार्दै गरेका दुईजना कार्यकर्तालाई विनाकारण ...

Read More »

मदिरा सेवन गरेर मतदान केन्द्रको सुरक्षामा खटिएका दुई प्रहरी निलम्बित

prahar

दाङ, १२ असार । मदिरा सेवन गरेर डिउटिमा गएका दाङका दुई प्रहरीलाई निलम्बन गरिएको छ । मतदान केन्द्रको सुरक्षामा खटिएका दुई प्रहरी हवदारलाई निलम्बन गरिएको हो स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि दाङको तुलसीपुर क्षेत्रका बुथमा खटिएका दुई प्रहरी हवल्दार मदिरा खाएको अवस्थामा फेला परेपछि निलम्वित गरिएको दाङका प्रहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहले जानकारी दिए। दाङमा प्रहरीले असार ...

Read More »

व्यापारी अपहरणकारी छिट्टै पक्राउ पर्छन् – प्रभाकर

FB_IMG_1497074830605

दाङ १२ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले तुलसीपुरका कपडा व्यापारी राजकुमार श्रेष्ठ र अर्का व्यक्ति रणबहादुर घर्तीलाई अपहरण गर्नेहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । दाङ जिल्लासहित देशभरको सुरक्षा सुदृढ बनाइएकाले हत्या अपहरण तथा गुण्डागर्दी गर्ने ब्यक्ती छिट्टै पक्राउ पर्ने मन्त्री शर्माले बताए । व्यापारी अपहरणको घटनाबाट सरकार गम्भीर भएको भन्दै उहाँले भन्नुभयो, ‘घटनाको कारण छ र अनुसन्धान जारी ...

Read More »

चुनावमा सबै पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुन्छः गृहमन्त्री शर्मा

19265281_1485369848193016_2113670835_n

दाङ,१२ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनमा सबै पार्टीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने बताउनु भएको छ । मतदाताहरु पनि निर्वाचनमार्फत् आफ्ना जनप्रतिनिधि छान्न आतुर भएको उहाँले बताउनुभयो । दाङको तुलसीपुरमा सोमबार बिहान रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले भन्नुभयो, ‘सरकारले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको छ । पार्टीहरुबीच पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’ अहिले केही ...

Read More »

निर्वाचनको सुरक्षामा शंका छैन : गृहमन्त्री

parvakar

इन्द्रेणी संवाददाता दाङ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षामा कुनै शंका नभएको बताएका छन् । आज सोमवार विहान दाङको तुलसीपुरमा रिपोटर्स क्लव दाङले आयोजना गरेको पत्रकार भेटघाटमा शर्माले यस्तो बताएका हुन । केही दलहरुको असन्तुष्टिका विचमा पनि सरकारले स्थानीय तहको निर्वाचन बनाउन लागेको उल्लेख गर्दै निर्वाचनको विरोध र ...

Read More »

गाँउ र बस्तीमा चुनावी रौनक

19243123_1077619582383075_1152427797089281187_o

आभास बुढाथोकी घोराही,११ असार । सन्तराम चौधरी (४७) उपमहानगरपालीका–१६ निवासी एक मध्यम वर्गका किसान हुनुहुन्छ । हरेक वर्षको असार महिना शुरु भएता एकहल गोरु र काधमा हलो बोकेर खेतबारीहरुमा व्यस्त देखिने उहाँ यस वर्ष भने खेतमा कुन चाँही राम्रो बाली लगाउँने भन्दा बरु आफ्नो वडामा कुन चाही राम्रो उम्मेदावर चुन्ने भन्नेमा आफुजस्तै थारु समुदायका किसानहरुसंग छलफलमा व्यस्त हुनुहुन्छ । दिलकुमार ...

Read More »

आठ दर्जन नेता, कार्यकर्ता माओवादी केन्द्र प्रवेश

IMG_2185

खोटाङ, ११ असार । खोटाङ जिल्लाको सिम्पानी र दिक्तेल बजारमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी आठ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमाले परित्याग गरी सीता राई, शोभा राई, शान्ता राई, जीतरानी राई, दीलिप राई, कमला बि.क., धनकुमारी बि.क., दिया बि.क., नेहा राई, शर्मिला राई, सानी राई, सञ्जय राई, टेकनाथ राई, ललितकुमार रम्तेल, निर्मला राई, ...

Read More »

नेपाली कांग्रेस घोराहीको चुनावी सभा सम्पन्न

19424243_1504921012907942_3844552933714097479_n

दाङ , ११ असार ।  स्थानिय तह निर्वाचनको प्रसार प्रसारको अन्तिम दिन आज नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाले घोराहीका विभिन्न स्थानहरुमा भब्य ¥याली सहित चुनावीसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका नेता तथा पुर्व पूर्व मन्त्री बलदेव शर्मा मजगैयाको नेतृत्वमा ट्राफीक चोकवाट सुरु भएको ¥यालीले घोराही बजारका विभिन्न स्थानहरुको परिक्रमा गर्दै घरदैलो गरेको थियो । ¥यालीको क्रममा घोराहीको ...

Read More »