विचार

नेपालकी पहिलो मुस्लिम ‘हिरोइन’ को हुन ?

217727_10151641573272627_1436301398_n

समुन्द्रराज घिमिरे मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन् । ‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन् । नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन,’ मोहनाको अनुभव छ । ओशिमा बानु यस अर्थमा पृथक ...

Read More »

उमंगको पर्व हरितालिका तिज

kusum

कुसुम बि क बर्दिया भदौ हरेक सालको भदौ महिना पर्ने हरितालिका तिज यस बर्षको भदौ महिनाको आजैका दिन परेको छ । तिज आफैमा खुशि उमंग बोकेको पर्व हो ।विशेष गरी भन्ने हो भने यसलाइ महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिज भनेर पनि भनिन्छ ।आजको यस महान पर्वको अवसरमा सम्पूर्ण दिदिबहिनी लगाएत दाजुभाइहरुमा शुभकामना २०७३ सालको हरितालिका तिजको…..प्रसङग हरितालिका तिजको… शिव ...

Read More »

कसरी मनाउने तीज ?

swechksha

सामाजिक सञ्जालमा विश्वभरि छरिएका नेपालीले तीज उत्साहपूर्वक मनाएको देख्दा मन रोमाञ्चित हुन्छ। आर्कषक पहिरन, सुन्दर मुहार अनि उल्लासमय वातावरणका रंगीन तस्बिर हेर्दा लाग्छ– ओहो, हामी नेपाली कति सुखी र सम्वृद्ध छौं। तर के साँच्चै यही नै हो नेपाली महिलाको यर्थाथरु केही दिनअघि एक मित्रको सामाजिक सञ्जालको पोष्ट सम्झें,  जहाँ केही नेपाली महिला  डरले बुर्काले अनुहार छोपेर कोलोम्बो हुँदै जागिरका लागि  ...

Read More »

श्रीमान विदेश हुँदा श्रीमती तीजमा न नाँच्ने ?

teej

गोविन्द खड्का अलि बढि कम्मर लच्काएर जोशले नाच्यो भने खोजी कार्य शुरु हुन्छ । यसको बुढा काँगा रहेछ ? पहिलो निशाना विदेश गएकोमा ताकिन्छ । सकभर फरक नपर्ला । त्यति नभए पनि कतै बाहिर पक्का हुन्छ । अनौठो कुरा श्रीमान् संग हुदा अधिकांश महिलाहरुमा उत्साह देखिन्न । रहर न भएर हो कि लुकाएर त्यो उनैले जानुन् । जब बुढा टाढिन्छ ...

Read More »

ईश्वरका साक्षात प्रतिमूर्ति हुन् बाबु–आमा

Deepak

सन्दर्भ बाबुको मुख हेर्ने वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो/यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाहियो, नकराइकन बस्नुस आदि भनेर’ कतिपय अवस्थामा अभिभावकहरूलाई सहि सूचनाबाट बन्चित गराउनेसम्मको व्यवहार हुने गेरको पाइन्छ । मातृपितृसेवा गर्न झर्कोमान्ने मानसिकता ...

Read More »

जन्मदाता कि सम्पत्ती को प्यारो ?

kusum

कुशुम  वि.क/बर्दिया जिवनका धेरै कथा मध्ये एउटा यस्तो कथा छ । जुन म कसरी यी शब्दमार्फत व्यक्त गरु संसारका धेरै खुशी मध्ये को यो एउटा पिडा मेरा लागि सधै आँखा  अगाडि आई रहेको छ । सदा आइरहन्छ तर सधै यसै कुसे औसीका दिन सबैका लागि खुशि उमंग र हर्षको दिन हुन्छ । सबैले खुशि मनाउन्छन् । प्रसङग हो बुवाको मुख ...

Read More »

प्रचण्डबाट राष्ट्रलाई धोका नहोला कि !

nimkanta

अत्यन्तै प्रतिकूल अवस्थामा सरकारको नेतृत्व गर्न पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेलगत्तै आफ्ना दूतका रूपमा दुइजना उपप्रधानमन्त्रीहरूलाई उत्तर र दक्षिणका दुई ठूला छिमेकी देशहरूमा पठाउनुभयो । दूतहरूलाई छिमेकी देशहरूका किन पठाइयो भनेर कसैले प्रश्न उठाएको छैन । दुवै देशसित सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दूतहरूलाई छिमेकी देशहरूका पठाइएको होला भनेर सबैले बुझ्ने गरेको पाइन्छ । परन्तु भारतको ...

Read More »

अप्रेशन प्यूठान : फोप्ली

13920989_1175694945803550_1597867173794537989_n

धनिराम शर्मा(ऋतुविचार) करिब ५ दशक यता प्यूठानमा भिषण वर्षा भयो, श्रावणको दोश्रो साता भिषण वर्षाले प्यूठानको पश्चिम उत्तरका १५ गाविसमा बज्रपात ग¥यो,  मानवीय हताहत तथा भौतिक क्षति भएकोे  समाचार ब्रेक भइरहेका थिए । राप्तीका प्यूठान र रोल्पामा मानवीय क्षति भएका खबर आइरहेका थिए, विशेष गरि प्यूठान अनि फोप्लीमा दैनिक मानिसहरुको शव भैटिएका, घर ढलेका, पहिरो निरन्तर झरिरहेको, जमिन धाजा धाजा ...

Read More »

देश विकासमा युवाहरुको भुमिका

12923373_1169492119752045_458850580113009754_n

 को हुन त युवा ? युवावस्था त्यो अवस्था हो, जसले वालकको सपना बुद्धहरुको सम्झनाको प्रतिनिधित्व गर्दछ । यसलाई न त छिटो प्राप्त गर्न सकिन्छ न त अडाएर अडयान सकिन्छ । वालक र उमेरदार दुवैको लागी पुग्न र अडिन चाहेको अवस्था नै युवा अवस्था हो । यो अवस्था नै मानिस शारिरीक र मानसिक रुपमा सबैभन्दा शक्तिशाली अवस्थामा रहेको हुन्छ । तर्सथ ...

Read More »

पत्रकारिता एउटा नशाका रुपमा अघि बढिरहेको छ

13951059_10208744185553292_2025584709_o

त्यसताका दिनहरु निकै कठिन थिए । दिनानुदिन कसरी हातमुख जोर्ने भन्ने चिन्ताले सताइरहन्थ्यो । कहिले ट्युसन पढाउन दौडधुप गर्न खोज्थें त कहिले पत्रिका बाँड्ने काम पाइन्छकी भन्दै नाम चलेका पत्रकारका पछि दौडन्थें । लेख्न सानैदेखि निकै रहर लाग्थ्यो । त्यसैले पनि रुकुमबाट दाङ झर्ने बित्तिकै पत्रपत्रिका खोज्दै हिड्नु स्वभाविक थियो । भ्रष्टाचार, अनियमितता, अन्याय, शोषण, दमन, थिचोमिचो, विकृती, बिसंगती र ...

Read More »