Author Archives: indreni Newsdesk

वान वेल्ट वान रोड टिमद्वारा प्रधानमन्त्रीसँग भेट

DSC3128-848x478

काठमाडौं, १५फागुन । चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तराष्ट्रिय प्लेट फर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको उक्त भेटमा प्रधानमन्त्रीले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताउँदै यसमा ओबिओआरको अन्तराष्ट्रिय प्लेटफर्मको पहलप्रति हार्दिक सह्हाना गर्नुभयो । उक्त ...

Read More »

नेपालमै बन्यो अटोमेटिक च्याउ बलर मेशिन

ind

बनेपा, १५ फागुन । गुरु श्री एग्रीकल्चर मेशिनरी प्रालि बनेपाले च्याउ खेतीलाई सरल र कम खर्चिलो बनाउन नेपालमै पहिलोपटक अटोमेटिक च्याउ बलर (पराल पोको पार्ने) मेशिन निर्माण गरेको छ । यसबाहेक गुरु श्रीले च्याउ उत्पादनका लागि अत्यावश्यक वस्तु पराललाई स्टिम (बफ्याउने) र च्याउको बीउ बनाउने कच्चा वस्तुलाई स्टिम गर्ने भाँडो पनि निर्माण गरेको छ । १८ महीनाभन्दा लामो समयको खोज ...

Read More »

घरैपिच्छे पिपिआर खोप, महत्व नबुझदा खोप दिन समस्या

100_6182

गोविन्द खड्का घोराही १५ फागुन । खोर तथा भकारामा पुगेर घोराही ६ का यशोदा पाण्डेयले भेडा बाख्रालाई पिपिआर खोप दिए । शनिवार खोपकार्यक्रम सकेका पाण्डेयले आठ दिनमा दुई हजार चारसय खोप लगाएको बताए । गरुले खोलाबाट थालिएको अभियान सपैला, अखबरे, रानीजरुवा, फुर्सेखाली, बजारको आसपास कटुवा खोला, भयारथान, खरकटि, दिदिवहिनी, मिलीजुली टोल लगाएतको स्थानमा पुगी बाख्रालाई खोप दिए । खोपलाउन दिनभरी ...

Read More »

दलित संघ क्षेत्र नम्वर ३ को अध्यक्षमा शरद

sarad samip

दाङ, १५ फागुन । नेपाल दलित संघ क्षेत्र नम्वर ३ को अध्यक्षमा शरद बि.क (समीप) चयन भएका छन । संघको ५ औ अधिवेसनले समीपको अध्यक्षमा १५ सदस्यीय सर्व सहमतीमा समिती गठन गरीएको हो । समितीको उपाध्यक्ष केशव नेपाली, सचिव पदम नेपाली, कोषाध्यक्षमा कविता परियार रहेका छन् । त्यसैगरी सदस्यहरुमा शुरेश नेपाली, पुर्णवहादुर गन्र्धव, खोपिराम नेपाली, शरद नेपाली , भरत विक, ...

Read More »

स्पष्टिकरणसहित तीस दललाई सय रुपैयाँ जरिवाना

100-rupees

काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने ३० वटा राजनीतिक दललाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम ती दलहरूलाई एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गर्दै सात दिनभित्र जरिवना तिर्न समय दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले स्पष्टीकरण पेस गर्न समय ...

Read More »

सयुक्त प्यानलद्धारा धन्यवाद ज्ञापन

pic

घोराही, १५ फागुन । नेपाल पत्रकार महासंघ दाङको हालै सम्पन्न अधिवेशनमा विजयी गराउने साधारण सदस्यहरुलाई सर्वपक्षीय प्यानलले धन्यवाद ज्ञापन गरेको छ । फागुन १२ र १३ गते सम्पन्न १० औँ अधिवेशनमा सर्वपक्षीय प्यानललाई अत्यधिक मतका साथ विजयी बनाउने सम्पूर्णमा साधारण सदस्यहरुमा नेपाल प्रेस युनियन, प्रेस चोतारी, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संघ, मिडिया नेपाल दाङ र क्रान्तिकारी पत्रकार महासंघ दाङले धन्यवाद ...

Read More »

युवती बलात्कार गरेको आरोपमा ७३ वर्षका वृद्ध पक्राउ

balatkar2

गुल्मी, १५ फागुन । ७३ वर्षीय बृद्ध एक २२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गुल्मी बिशुखर्कका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा ती वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । पीडित युवतीको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको ...

Read More »

निर्वाचन सुरक्षामा सशस्त्र समूह र विप्लव माओवादी ‘थ्रेट’

electaion

काठमाडौं, १५ फागुन । तराई मधेसका सशस्त्र समूह, सीके राउत, मधेसी मोर्चाको आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि स्थानीय तह निर्वाचन सुरक्षाका लागि ‘थ्रेट’ रहेको सुरक्षा अधिकारीले बताएका छन् । निर्वाचन आयोगले निर्वाचन सुरक्षाबारे चारवटै सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीसँग गरेको छलफलमा पहाडमा चन्द नेतृत्व माओवादीको आन्दोलन र तराईरमधेसमा सशस्त्र समूह, सीके राउत ...

Read More »

तुलसीपुरमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण

trafik

तुलसीपुर, १४ फागुन । तुलसीपुरमा एक दिने ट्राफिक नियम सम्बन्धि प्रशिक्षण भएको छ । शनिबार यहाँका अटो रिक्सा ब्यबसायीलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिईएको हो । अटो ईलेक्ट्रिक रिक्सा श्रमिक प्रालि तुलसीपुर तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा भएको प्रशिक्षणमा यस क्षेत्रमा क्रियाशिल एक सय भन्दा बढी रिक्सा चालकहरुको सहभागीता थियो । प्रालिका अध्यक्ष गम्मरचन रोकाको अध्यक्षता तथा ट्राफिक प्रहरी ...

Read More »

राँगाको आक्रमणबाट महिलाको मृत्यु

rago

लहान, १४ फागुन । राँगाको आक्रमणबाट सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ । छाडा छाडिएको राँगाको आक्रमणबाट गएराति औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

Read More »