Author Archives: indreni Newsdesk

आउने भयो चिनियाँ विद्युतीय र कार्गो रेल

Train-in-nepal

बेइजिङ, ७ असार । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच विभिन्न १० वटा विषयमा सम्झौता गरेका छन् । आज बिहीबार बेइजिङको ग्रेट हल अफ द पिपुल्समा दुई देशका प्रतिनिधिबीच सम्झौता भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा प्रतिनिधिमण्डलस्तरीय वार्तापछि तिब्बतको केरुङबाट काठमाडौँसम्म रेलमार्ग निर्माणसहितका ...

Read More »

डन ‘भाले’ प्रहरी नियन्त्रणमा

pakrau

काठमाडौं, ७ असार। ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका गुण्डा नाइके दिनेश लामा उर्फ भालेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरीका अनुसार ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा भालेलाई नियन्त्रणमा लिइएको हो। भालेलाई महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ । उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More »

सूचना लुकाउने कर्मचारीलाई छोड्दिनँ : बाँस्कोटा

kir

भक्तपुर, ७ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ आज आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए । कर्मचारीमा अझै पनि पञ्चायतकालीन ...

Read More »

ओलीलाई गार्ड अफ अनर

kp-oli-1500x716

बेइजिङ, ७ असार । ६ दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

Read More »

जग्गा विवादमा दाइले गरे भाइको हत्या

Hatya-5

रुकुम, ७ असार। रुकुम एकजनाले आफ्नै भाइको हत्या गरेका छन् । जग्गा विवादलाई लिएर रुकुम पश्चिमआठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी सामान्य विवादमा रुद्रबहादुरले खुकुरी प्रहार गरी भाइ जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ...

Read More »

राप्तीकै पुरानो पुस्तकालयको आजीवन सदस्य बने सभामुख महरा

mahara

इन्द्रेणी संवाददाता दाङ, ७ असार । सभामुख कृष्णबहादुर महरा राप्तीकै पूरानो पुस्तकलायको आजीवन सदस्य बनेका छन् । २०१० सालमा दाङको घोराही स्थापना भएको सर्वाेदय पुस्तकालय तथा वाचनालयको आज विहीबार महराले आजीवन सदस्यता लिएका हुन् । शिक्षक पेशाबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेका सभामुख महरा अहिले पनि पुस्तकहरु अध्ययन गर्ने औधि रुचाउने गर्दछन् । एक कार्यक्रमकाबीच उक्त पुस्तकालयको आजीवन सदस्यता लिदै महराले ...

Read More »

मृगौला पिडित नकाललाई आर्थिक सहयोग

sarbotam

दाङ, ७ असार । घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले दुवै मृगौला फेल भएका गंगाराम नकाललाई दश हजार रुपैया सहयोग गरेको छ । हाल काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका दाङको तुलसीपुर उमहानगरपालिका वडा नं १८ बेलझुण्डी निवासी ३३ बर्षिय नकाललाई एक कार्यक्रमको आयोजना गरी आज सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले दश हजार रुपैयाको चेक हस्तान्तरण गरिएको हो । सर्वोत्तम बहुउद्देश्यीय ...

Read More »

प्रतिपक्षले भन्दैमा सभामुख, उपसभामुख परिवर्तन हुँदैन : महरा

krishna bdr mahara 960

इन्द्रेणी संवाददाता दाङ, ७ असार । सभामुख कृष्णबहादुर महराले प्रतिपक्षले विवाद सिर्जना गर्दैमा सभामुख उपसभामुख परिवर्तन नहुँने बताए । अहिले प्रतिपक्ष दल कांग्रेसले सभामुख र उपसभामुख एउटै पार्टीको हुन पाइदैन भनेर चलाएको वहसको कुनै तुक नभएको भन्दै यसमा भ्रम नपर्न समेत सबैलाई आग्रह गरे । नेपाल पत्रकार महासंघ दाङले आज विहीबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटनमा सभामुख महराले सभामुख ...

Read More »

ओलीले गरे आठ परियोजना अघि बढाउने समझदारी

kppp

बेइजिङ्, ६ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । ती आठ परियोजनाहरुमा ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना आदि छन् । बेइजिङमा रहेको नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर ...

Read More »

ओलीले चिनियाँ निजी क्षेत्रसँग यस्तो सम्झौता गरे

kp-sharma-kp-woli

बेइजिङ, ६ असार । नेपाल र चीनका व्यवसायीबीच व्यापारिक सम्झौतामा हस्ताक्षर भएको छ । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार बेइजिङस्थित नेपाली दूताबासमा सो सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा हाइड्रोपावर र पर्यटनमा चिनियाँ पक्षले लगानी गर्ने र नेपालको पस्मिना चीन निर्यात गर्ने विषय उल्लेख छ । प्रधानमन्त्रीको स्वागतको लागि दूताबासले कार्यक्रमको आयोजना गरेको थियो ...

Read More »