mahara

सभामुख महराले गरे शहीद कृष्णसेन शिक्षालयको अवलोकन

इन्द्रेणी संवाददाता
दाङ, ३ चैत । सभामुख कृष्णबहादुर महराले दाङको घोराही स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधकको स्थलगत अवलोकन गरेकाछन । आइतबार विहान महराले शिक्षालयको अवलोकन गरेका हुन् ।

mahara

सो अवसरमा शिक्षालयका शिक्षक तथा विद्यार्थीहरुले महरालाई स्वागत गरेका थिए । विहान ७ बजे एक्कसी शिक्षालयमा पुगेका सभामुख महरालाई शिक्षालयका प्रमुख यादव सुवेदी , शिक्षालयका संयोजक केशरमान बिसी , प्रशिक्षक सर्जन गौतम र बिद्यार्थीले स्वागत गरेका थिए ।

महराले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई आफ्नो परिचय दिनुका साथै विद्यार्थीहरुको समेत परिचय लिएका थिए ।

mama

प्राबिधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभीटी) ले यसैबर्ष मात्र आंगिक शिक्षालयको रुपमा मान्यता दिएर पठनपाठन संञ्चालन गरेको शिक्षालयमा कक्षा संचालन पछी प्रयोगात्मक कक्षाका लागि सल्यान गएको बेला  विद्यार्थीहरु चढेको गाडी दुर्घटना हुँदा कलेजमा अध्यापनरत २ जना शिक्षक र अध्ययनरत १९ जना विद्यार्थीहरु को दुखद निधन भएपछी दुर्घटनामा परी पुनर्जन्म पाएका विद्यार्थी तथा शिक्षालयका अन्य बिद्यार्थी तथा शिक्षकहरुलाई भेटेरै सान्त्वना प्रदान गर्न उद्देश्यले आफू शिक्षालयमा आएको महराले बताए ।

mm

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*