ball ho

किन भयो बाल अस्पताल अलपत्र ?

इन्द्रेणी संवाददाता
दाङ, २९ फागुन । दाङको एक मात्र सामुदायिक बाल अस्पतला सञ्चालनमा नआउँदा अलपत्र परेको छ । स्थापना भएको करीव १३ वर्षसम्म पनि सञ्चालनमा आउन नसक्दा अलपत्र परेको हो ।

ball ho२०६२ सालमा घोराही उपमहानगरपालिका वडा नं. १३ सर्रामा स्थापना भएको उमाशंकरनाथ योगी सामुदायिक बाल अस्पताल अहिले बन्द अवस्थामा छ ।

भारतीय राजदूतावास र स्थानीयको सहयोगमा स्थापना भएको उक्त अस्पताल आर्थिक अभावका कारण बन्द भएको हो । भारतीय दूतावासको करीव ६६ लाखमा भवन निर्माण गरेको बाल अस्पतालले २०६३ देखि ६६ साल करीव तीन वर्ष घोराहीकै शिवस्तीमा आफ्नो सेवा सञ्चालनमा ग¥यो । त्यसपछि केही समयसम्म आफ्नै भवनमा सेवा सञ्चालन ग¥यो । तर आर्थिक अभावलगायत विविध कारणले सेवा बन्द भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार योगीले बताए ।

अस्पतालको सेवा बन्द भएपछि जिल्ला प्रहरी कार्यालय दाङले अस्पतालको भवनमा सर्रा अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्यायो । अस्पतालको भवनमा करीव सात वर्ष प्रहरीको वसोवास भयो । त्यस समयमा प्रयोग भएका कोठा लगायत अन्य भौतिक समाग्री जिर्ण भएको र मर्मत समेत नगरेर २०७३ साउनमा प्रहरीले घर छोड्यो ।

स्थानीय दाताहरुले दान गरेको करीव १२ कट्टठा जग्गामा निर्माण भएको उक्त अस्पताल सञ्चालनमा प्रयोग गरिएको दश वटा वेड, एक्सरे मेसिन, घाँटीमा केही अड्कीएपछि निकाल्न प्रयोग गरिने सेक्सन पाइप, ल्याप समाग्रीहरु अहिले कोठामै बन्द अवस्थामा छन् ।

‘अस्पताल बन्द भएको धेरै भइसक्यो कसैलाई वास्ता छैन, हामीले सहयोग गर्न स्थानीय सरकारदेखि सबैलाई आग्रह ग¥यौं’, उनले भने, ‘तर कसैले चासो नदिएका कारण बन्द गर्नुपर्ने अवस्था आयो ।’ स्थानीय तहलगायत राज्यको तर्फबाट सहयोग नहुँदासम्म सामुदायिक अस्पतालको रुपमा सञ्चालन गर्न नसकिने उनले बताए ।

प्रहरीले प्रयोग गरेको विद्युतको २ लाख २५ हजार वक्यौता
जिल्ला प्रहरी कार्यालयले अस्पताल व्यवस्थापन समितिले अनुमति नदिदा दिदै पनि अस्पतालको भवन प्रयो ग¥यो । प्रयोग मात्रै होइन सात वर्षसम्म प्रहरी पोष्ट सञ्चालन गर्दा प्रयोग गरेको विद्युतको महसुल समेत नतिरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार योगीले बताए ।

उनका अनुसार २ लाख २५ हजार विद्युत वक्यौता प्रहरीले नतिरेपछि अहिले अस्पताल भवनको अहिले विद्युत प्राधिकरणले लाइन समेत काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय दाङलाई विद्युतको वक्यौता तिरिदिन अनुसोध गर्दा समेत नतिरिदिएको अध्यक्ष योगीले बताए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*