balatkar1

छोरी बलात्कार गर्ने बुवालाई ३८ वर्ष कैद

ओखलढुंगा, २९ फागुन । जिल्ला अदालत ओखलढुंगाले छोरी बलात्कार गरेको आरोपमा बाबुलाई ३७ वर्ष ६ महिना कैद फैसला गरेको छ ।

balatkar1जिल्लाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती तथा हाडनाता करणी मुद्दामा सो सजाय तोकिएको जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए ।

हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा १२ वर्ष ६ महिना गरी ३७ वर्ष ६ महिना सजाय तोकिएको हो नयाँ पत्रिकामा खबर छ। मुलुकी अपराध संहिता कार्यान्वयनमा आएसँगै कसुर अनुसार सजाय निर्धारण गरेर कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले बताए ।

प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन । पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए ।

उनीविरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो । पीडित बालिकाले अधिकारकर्मीको सहयोगमा बाबुबाट आफु पटक–पटक बलात्कृत भएको उजुरी गरेकी थिइन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*