biplav

सरकारले लगायो विप्लवको पार्टीमाथि प्रतिबन्ध

काठमाडौं, २९ फागुन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अपराधिक संगठन भएको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाएको छ। मंगलवार साँझको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

biplavविप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने काम गरेको सरकारको ठहर छ। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त समूहका हातहतियारजन्य गतिविधि देखिएको र पटक(पटक वार्ताको आह्वान गर्दा पनि बेवास्ता गरेकाले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्ने निर्णय सरकारले जनाएको छ ।

सरकारी निर्णय अनुसार उक्त समूहले अब कुनै पनि गतिविधि गर्न पाउने छैन। राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको स्रोतको दाबी छ।

पछिल्लो समय प्रधानमन्त्री ओली विप्लवप्रति आक्रामक देखिएका थिए। यस्तै, सोमवार संसदमा गृहमन्त्री थापाले विप्लवमाथि प्रतिबन्ध लगाइने बताएका थिए। गृहमन्त्री थापाले सरकारी वार्ता समितिको प्रस्ताव विप्लवले अस्वीकार गरेको, उक्त समूहका पछिल्ला गतिविधि, एनसेल प्रधान कार्यालय लगायत स्थानमा भएको बम विस्फोट र चन्दा आतंकबारे संसदमा जानकारी गराएका थिए।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*