goats-III-660x330

व्यावसायिक बाख्रापालनमा आकर्षण

goats-III-660x330नेपालगञ्ज, २८ फागुन । राप्तीसोनारी फत्तेपुर छटपुरकी सुगैया थारूले खसी–बाख्रापालन थालेको ६ वर्ष भयो । खाना खर्च जोहोका लागि मजदुरी ज्याला गरेर जीविका चलाउँदै आएकी उनले अहिले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेको र सहज तरिकाले जीविका चलेको बताएकी छिन् ।

बाख्रापालन व्यवसायसँगै सुगैयाले बारीमा तरकारी खेती पनि गरेकी छिन् । टमाटर, काउली, आलुलगायत तरकारीले ‘गरा हराभरा’ भएको देख्दा राप्तीसोनारीका अधिकांश कृषक उनकै बारेमा चियाचौतारामा बसेर भन्ने गर्छन्, ‘कृषक भनेको त ‘सुगैया’ हो ।’

उनी मात्र होइन, राप्तीसोनारी गाँउपालिकाका महिला पछिल्लो समय बाख्रापालनतर्फ आकर्षित भएका छन् । बाख्रापालन व्यवसायबाट मनग्गे आम्दानी हुन थालेपछि त्यहाँका महिला बाख्रापालन व्यवसायतिर आकर्षित भएका हुन् ।

बाख्रापालन व्यवसाय सञ्चालन भएपछि जहान परिवार पाल्न सजिलो भएको बाँके राप्तीसोनारी–६, फत्तेपुरकी टीका खड्काले बताइन् । उनले भनिन्, ‘बाख्रापालन व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत पनि हुन थालेको छ ।’ बाख्रापालन व्यवसायबाटै आफूले घरघडेरी समेत जोडेको उनले बताइन् । सोही गाउँकी रामकली थारू पनि बाख्रापालनबाटै आफ्नो घरखर्च चलाउने गरेको बताउँछिन् । उनले भनिन्, ‘खसीबाख्रापालन शुरू गरेदेखि चाडपर्व, विवाह, उत्सवमा गर्जो टार्न कसैसँग हात पसार्नु परेको छैन ।’ बाख्रापालनबाट आएको आम्दानीले एक कट्ठा खेत पनि किनिसकेको उनले बताइन् ।

यसरी व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानका लागि सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेले सहयोग गर्दै आएको छ । बाँके जिल्लाका विभिन्न १५ ओटा सेन्टरमा आबद्ध महिला उद्यमी व्यावसायिक बाख्रापालनमा सक्रिय छन् । अभियानबाट

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*