53792663_840651459612316_2173939108945068032_n

खण्डहर बन्दै तत्कालिन जनमुक्ति सेनाको ब्यारेक

केशरमान बुढाथोकी

कुनैबेला दर्जनौंको संख्यामा दाङ सक्रामको डाँडामा तत्कालिन जनमुक्ति सेनाले पिटीपरेड खेल्ने गरेको डाँडा आजभोली सुनसान छ । तत्कालिन बिद्रोही नेकपा माओवादी र सरकार बीच बृहत शान्ती सम्झौता भइ जनमुक्तिसेनाका लागी  अस्थायी ब्यारेक बनाएपछि दाङको सक्राममा माओवादीका सेनाहरु बस्न थालेका थिए ।

देश शान्ति प्रक्रियामा गए संगै नेपाल सरकारले करोडौं रुपैया खर्च गरेर कम्तिमा २ हजार जनमुक्ति सेना बस्नकाका लागि बनाएको व्यारेकको उचित संरक्षण हुन नसक्दा आजभोलि ब्यारेक वरपर गौचरण भएको छ ।

 ब्यारेकका अस्थायी संरचनाहरु संरक्षण विहिन भएपछि त्यहाँका  भौतिक संरचना पनि जिर्ण हुँदै गएका छन्  । त्यहाँ स्थित ७० वटा भन्दा बढी अस्थायी घर कतै भत्किएर खण्डहर भएका छन् भने कतै भत्किने तरखरमा छन् ।

53439645_1184431655064217_6361192722560188416_n

तत्कालिन जनमुक्ती सेनाले प्रयोग गर्ने मंच , पानीधारा सुचना पाटी सबै जिर्ण हुदै गएका छन् । तत्कालिन ब्यारेकमा रहेका  काम लाग्ने खालका पानी ट्यांकी, नचुहिने टिन तथा सड्न नपाएका काठहरु चोरी भैसकेको स्थानीयले जनाएका छन् ।

देश शान्ती प्रक्रियामा गएपछि त्यहाँ रहेका जनमुक्ती सेनाहरु सेना समायोजन तथा स्वैच्छिक अबकासमा गएपछी ५० जनाको दरवन्दी बनाई ससस्त्र  प्रहरीको एउटा टोलि ब्यारेकको सुरक्षामा बसेको थियो । शान्ती प्रक्रिया टुंगोमा नपुगुन्जेल तत्कालिन  जनमुक्ति सेना २०६४ सालदेखि  लगातार  ४ बर्ष त्यस ब्यारेकमा बसेका थिए ।

53735631_390628704819914_5559397932706299904_n

तत्कालिन द्वन्दको झझल्को दिने एतिहासिक व्यारेकलाइ युद्ध संग्रालयबनाई त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने भन्दै काम सुचारु नहुन्जेल त्यसको सुरक्षा गर्ने भनि नेपाल सरकारले विसं २०६८ सालदेखि शसस्त्र प्रहरीलाई जिम्मा दिएको थियो ।

तर नेपाल सरकारको निर्णय अनुसार भन्दै  शसस्त्र प्रहरी प्रधान कार्यालयले व्यारेकको संरक्षणको जिम्मा स्थानिय तहलाई सुम्पिंदै जिर्ण अवस्थामा रहेको व्यारेक यहि फागुन १ गते तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेको चिठी थमाएर हिडे संगै  अहिले व्यारेक खण्डहर बन्दै गएको छ  ।

 53792663_840651459612316_2173939108945068032_n

ससस्त्र प्रहरीले व्यारेक उपमहानगरपालिकालाई हस्तान्तरण गरेको झन्डै १ महिना  पुग्न लाग्दापनि संरक्षणका लागि उपमहानगरपालिकाले कुनै प्रयास नथालेकाले स्थानीयहरु चिन्तित छन् ।

नेपाल सरकारले करोडौंको लगानी गरेर बनाएको भौतिक संरचना भाग्नावसेस बन्दै गएकाले स्थानीय दुखि भएको बताउछन स्थानीय लालबहादुर ओली । तत्कालिन जनमुक्ती सेना बस्दा सुन्दर शान्त तथा रमणीय भएको उक्त ठाउँमा ससस्त्र प्रहरी बस्दा पनि स्थानीय आभारा हरुको डर हुदैनथ्यो तर अब त यस क्षेत्रमा दिउसो राती आभारा केटाहरु आएर हुलहुज्जत गर्ने भएकाले गाउँ नै त्रासमा भएको उनको भनाइ छ ।

त्यस्तै ब्यारेकमा सुरक्षा कर्मी हुँदा बजारको आभास भएको यस क्षेत्रमा अहिले सुनसान भएकाले यस क्षेत्रमा हुने सानातिना ब्यापार ब्याबसाय हरुपनि घट्दै गएको टिकाराम बुढाथोकी बताउछन ।

53838525_2153137808096415_9078455296212336640_n

त्यसो त ससस्त्र प्रहरीले छाडेर गएपछि संरक्षणको लागि स्थानीयहरु सक्रिय नभएका होइनन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा पर्ने त्यस क्षेत्रमा रहेको करोडौंको संरचना सुरक्षा गर्न वडा सदस्य तथा स्थानीय केशर पुनको अध्यक्षतामा ब्यारेक संरक्षण समिती गठन भएको छ । तर न कुनै नियम विनियम , न कुनै आर्थिक बजेट केहि नहुँदा संरक्षण समितीपनि बुख्याँचा बनेको छ ।

तत्कालिन जनमुक्ति सेनाको ब्यारेक द्धन्द्ध व्यवस्थापनका अध्येताहरुका लागि एउटा गन्तव्य स्थल बन्दै आएको र यसले भोलिका दिनमा यस क्षत्रलाई महत्वपपूर्ण पर्यटकीय तथा इतिहाँसको अध्ययन गर्ने स्थलको रुपमा आउने भएपनि ती संरचनाहरु संरक्षणको अभावले ती एतिहासिक स्थलहरु समाप्त हुन् थालेको तर्फ स्थानीयको चासो गएको हो  ।

दाङको पर्यापर्यटकिय स्थलका रुपमा समेत प्रयाप्त सम्भावना बोकेको सो स्थानलाई गएको स्थानिय तहको निर्वाचनमा वडा नंवर १९ को निर्वा्चित प्यानलले शान्ति पार्कका रुपमा विकाश गर्ने समेत चुनावी प्रतिवद्धतापत्रमा उल्लेख थियो । तर निर्वा्चित भैसकेपनि निर्वा्चित जनप्रतिनिधिहरु कसैको पनि त्यसमा ध्यान जान सकेको छैन ।

53405314_2172921879688996_5497140367411118080_n

‘व्यारेकलाई शान्तिको उद्गम स्थल तथा युद्धपर्यटनको गन्तव्य बनाउने आशा सपना बोकेका स्थानीयले स्थानीय सरकारले कुनै चासो नदिंदा व्यारेक खण्डहर बन्दै गएको भौतिक संरचना संरक्षण तथा व्यवस्थापन समितिका सदस्य मनमाया ओलीको भनाइ छ ।

सरकारको करोडौंको बजेट खर्च भएको यो संरचनाको  संरक्षण र व्यवस्थापनका विषयमा स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकार कसैले पनि ठोस रुपमा चासो दिन नसक्दा ब्यारेकका सबै संरचनाहरु धोस्त हुँदैजाने र  नेपालका ऐतिहासिक स्थलहरु विस्तारै हराउंदै जाने तर्फ स्थानीयहरुको चिन्ता छ  ।

दर्जनौं जनमुक्तीसेनाले परेड खेल्ने यो स्थानलाई युद्ध संग्राहलय , शान्ती पार्क र पिकनिक सपोर्ट बनाएर यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउन स्थानीयको माग छ  । दैनिक लुम्बिनीबाट

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*