IMG_4302

उपराष्ट्रपति र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं, २२ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन अमेरिकी राजदूत बेरीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका छन् ।

IMG_4302भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए । उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्ने बताए ।
उपराष्ट्रपतिले अमेरिकी राजदूतसँगको भेटमा नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए ।

‘अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक सामाजिक रुपान्तरण सहितको विकास र समृद्धि हो’, उनले भन्नुभयो, ‘नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौँ ।’

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*