20190305_191101

उत्तरको सपना पुरा गर्न सक्रिय राजनीतिमा आउछु – ओली

उत्तरले देखेका सपना प्रदेश सभाले गर्छ – मुख्यमन्त्री

केशरमान बुढाथोकी
दाङ । सवारी दुर्घटनामा परि दिवंगत भएका प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य तथा पश्चिम दाङका बिकास प्रेमी नेताको छवी बनाएका उत्तरकुमार वलीकी पत्नी बिमला वलीले आफु अब सक्रिय राजनीतिमा आउने बताएकी छिन ।

दवंगत ओलीको १३ औं दिनको पुण्य तिथीका अवसरमा उनकै निवासमा आयोजना गरिएको गरिएको श्राद्धाञ्जली सभा कार्यक्रममा बोल्दै बिमलाले आफ्ना पती आफ्नो परिवारको मात्र नभएर सिंगो पश्चिम दाङको अभिभाबक भएको र उनको अप्रत्यासित तथा अकल्पनीय निधनले आफ्नो परिवारलाई मात्र नभएर पश्चिम दाङलाई नै टुहुरो बनाएको बताएकी थिइन ।

पति घरमा हुँदा आफ्नो घर परिवारको कुरा नगरेर आफ्नो चुनावी क्षेत्र , दाङ तथा सिंगो राष्ट्रको बिकासको मिठो कल्पना गर्दै आफु संग भविष्यको योजना साट्ने गरेको बताउदै बिमलाले भनिन – मेरा श्रीमानले देखेको सम्वृद्ध राष्ट्र निर्माणको सपना पुरा गर्न म आजैका दिन देखि सक्रिय राजनीतिमा लाग्ने उद्घोष गर्दछु । अहिले मेरो काँधमा मेरो अबोध छोरीहरु लाई हुर्काउने मात्र नभएर मेरा श्रीमानले अलपत्र छाडेर गएका पश्चिम दाङ बिकासका सपना पुरा गर्ने महत्वपूर्ण जिम्मेवारी आइ परेको महसुस गरेको छु आशा छ मलाइ यस क्षेत्रका जनता तथा सिंगो पार्टी पंक्तीले मलाइ साथ् दिने छ ।
मन्तव्य कै क्रममा भक्कानिदै उत्तर पत्नी बिमलाले भनिन ९ मलाइ राजनीतिमा आउन कुनै रहर थिएन तर यश क्षेत्रका जनताका ढुकढुकीका रुपमा रहेका बिकासप्रेमी नेता उत्तरकुमार वलीले जनता समक्ष गरेका वाचा तथा यश क्षेत्रको बिकास निर्माणका स्वर्णिम सपना पुरा गर्न म राजनीतिमा औनुप्परने भयो । ‘मेरो श्रीमानले आफ्नो परिवारभन्दा माँया यस क्षेत्रका जनतालाई गर्नुहुन्थ्यो । प्रदेश सभाको चुनावका क्रमममा उहाँले जनता सामु गरेका प्रतिवद्धता बाँकी नै छन् । क्षेत्र बिकासका उहाँका सपना बाँकी नै छन् ती सपना पुरा गर्न म सक्रिय राजनीतिमा आउँछु ।’ र बाँकी समय यस क्षेत्रका जनता सामु उहाँको रिक्तता हुन दिनेछैन विमलाको भनाइ थियो ।

उत्तरले देखेका सपना प्रदेश सभाले गर्छ – मुख्यमन्त्री

20190305_133313
त्यस्तै कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिवंगत नेता उत्तरकुमार ओलीले देखेका सपना पुरा गर्ने जिम्मेवारी प्रदेश सभाको भएको बताएका छन् ।
आफ्नो जीवनको छोटो समयमा उच्च राजनीतिक हैसियत गराउन सफल नेता तथा पाँच नम्बर प्रदेशका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीले यस क्षेत्रको बिकास र सम्वृद्धिका लागि आफु संग छुट्टै योजना प्रस्ताव गरेको बताउदै उनले देखेको सपना पुरा गर्न आफु लागि पर्ने बताएका छन् ।
दाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित उत्तरकुमार ओलीले पश्चिम दाङको बिकासका तथा सम्वृद्धिका लागि आफ्नो छुट्टै योजना बनाएर आफुलाई सुनाएको भएपनि त्यो योजना पूरा नगर्दै दिवंगत हुनु भएकाले उनले देखेको सपना पूरा गर्न समग्र प्रदेशसभा तथा सिंगो पार्टी पंक्ती लाग्नुपर्ने र यसरी उनको सपना पुरा गर्न सबै तह र तप्का देखि लागे मात्र उत्तर प्रतिको सच्चा श्रद्धाञ्जली हुने मुख्यमन्त्रीको भनाइ थियो ।
श्रद्धाञ्जली कार्यक्रममा शोक मन्तब्य ब्यक्त गर्दै प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले उत्तर प्रदेश सभामा सत्तापक्षिय सदस्य भएपनि उनको स्वाभाव प्रतिपक्षीय जस्तै नियमित सरकारको खबरदारी गर्ने र सरकारले गर्न नसकेका बिकास निर्माणका काम हरु प्रति चासो राख्ने खालको बताएकाले एक उर्जाशील र गतिवान होनाहार नेता लाई गुमाउनु पर्दा प्रदेश सरकारलाई अपुरनिय क्षेती पुगेको बताए ।
कार्यक्रममा दिवंगत उत्तरका पुत्र द्वय प्रणय र प्रतीकले आफ्नो वुवाको सपना आफुहरुले साकार पार्ने बताउदै आफुहरुले भविष्यमा आफ्ना पीताले देखाएको बाटोमा हिड्ने बताईरहंदा मृतक पत्नी बिमला लगाएत सबैका आँखा रसाएका थिए
त्यस्तै कार्यक्रममा पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ का सचिब जगप्रसाद शर्मा अपार प्रदेश मामिला तथा कानुन निर्माण समितिका सभापति दामा शर्मालगायतले शोक मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, बबई गाउपालिका अध्यक्ष भुबनेश्वर पौडेल, दंगीशरण गाउपालिकाका अध्यक्ष भागीराम चौधरीले आफ्नो क्षेत्रमा सांसद ओलीले देखेको बिकास निर्माणको सपना पुरा गर्न आफुहरु लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*