cabinet

प्रतिवेदन सार्वजनिकपछि विधेयक तयार गर्न सुझाव

काठमाडौँ, २८ माघ । शिक्षाविद्हरूले सरकारलाई उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेर मात्रै संघीय शिक्षा विधेयकको तयारीमा जुट्न सुझाव दिएका छन् ।

cabinetआयोगको प्रतिवेदन औपचारिकरूपमा सार्वजनिक गरिएपछि मात्रै संघीय शिक्षा विधेयक निर्माण गरिनु व्यवहारिक र सुल्टो प्रक्रिया हुने भन्दै शिक्षाविद्हरूले प्रतिवेदनको सार्वजनिकीकरणको माग गरेका हुन् ।

सरकारलाई फागुन २१ गतेभित्रै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने संवैधानिक समय सीमा छ । अर्कोतर्फ झण्डै एक महिना अघि आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको प्रतिवेदन पनि हालसम्म सार्वजनिक गरिएको छैन ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*