Photo 5

सभामुख महरासँग डिपिआरकेका राजदूतको भेट

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) का नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

Photo 5भेटका अवसरमा सभामुख महराले नेपाल–प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको चर्चा गर्नुहुँदै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताए ।

नयाँ राजदूतको रुपमा नेपाल आएका मनलाई स्वागत गर्नुहुँदै सभामुख महराले नेपालका लागि कोरियाली राजदूतको रुपमा कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।

विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कूटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*