photo

पुस्तक दिवसको अवसरमा सर्वाेदयलाई पुस्तक हस्तान्तरण

इन्द्रेणी संवाददाता
दाङ, २७ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ घोराही समितिले राप्तीकै पूरानो सर्वाेदय पुस्तकलाय तथा वाचनालय घोराही दाङलाई किताव हस्तान्तरण गरेको छ ।

photoपुस्तक दिवसको अवसर पारेर आइतवार वाचनालयमा एक कार्यक्रमको आयोजना गरी समितिले १० हजार एक सय ५९ रुपैयाँ बराबर मूल्यका विभिन्न पुस्तकहरु हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ घोराही समितिका अध्यक्ष विष्णुबहादुर अधिकारी, महासंघ दाङशाखाका निवर्तमान अध्यक्ष घनश्याम बरालले सर्वाेदय पुस्तकलाय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, सचिव सुदीप गौतम र सल्लाहकार सम्भु गौतमलाई पुस्तक हस्तान्तरण गरेकका हुन् ।

सर्वाेदय पुस्तकालय राप्तीकै एक मात्र पूरानो र गौरवको पुस्तकालय भएकाले यसको विकासका लागि सबै लाग्नुपर्ने र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सहयोग गर्न तयार रहेको समितिका अध्यक्ष विष्णुबहादुर अधिकारीले बताए ।

महासंघ दाङशाखाका निवर्तमान अध्यक्ष घनश्याम बरालले पुस्तक व्यवसायीसँगै पुस्तककालय जोडिने भएकाले यसमा महासंघ सहकार्य गरेर जाने बताए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*