accdent parba

दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

धादिङ, २७ माघ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा ३ ख २७३१ नंको यात्रुबाहक बस दुर्घटना हुँदा वस चालकको मृत्यु भएको छ ।

accdent parbaदुर्घटनामा घाइते भएका चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवाल धादिङमा उपचार हुन नसकेपछि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । ३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*