accdent

बस र अटो रिक्सा ठोकिदा एकको मृत्यु, तीन जना घाइते

इन्द्रेणी संवाददाता
दाङ, २५ माघ । दाङमा आज अटो रिक्सा र वस ठोकिदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १७ कटुवाखोला नजिकै घोराहीबाट लमहीतर्फ जादै गरेको ना ६ ख १५३३ नम्बरको बसले रा १ ह २४३३ नंम्बरको अटो रिकसा ठोकिएका हुन् ।

accdentदुर्घटनामा परी घोराही १८ गिठेपानी बस्ने बर्ष ५३ कि मङगली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको उपचारको क्रममा मृत्य भएको हो । घाइते ३ जना घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुर्घटना आज २ बजेतिर भएको हो ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*