melamchi-khanepani-58645bc7ec7354-11752091

ठेकेदार कम्पनीसँग मेलम्चीको ठेक्का तोडियो

काठमाडौं, २५ माघ । विभिन्न माग राखेर गर्दागर्दैको काम छाडेको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग मेलम्ची खानेपानी आयोजनाले ठेक्का सम्झौता तोडेको छ । बिहीबार बसेको आयोजना बोर्ड बैठकले सिएमसीसँग सम्झौता तोडेर नयाँ विकल्पमा बाँकी काम गर्ने निर्णय गरेको हो ।

melamchi-khanepani-58645bc7ec7354-11752091‘बोर्ड बैठकले सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गर्‍यो र चिठीसमेत पठाइसक्यौँ,’ आयोजना प्रमुख सूर्यराज कँडेलले भने, ‘अब नयाँ शिराबाट काम अघि बढाउनुपर्छ भन्ने निष्कर्षका साथ सिएमसीसँगको सम्झौता तोडेका हौँ ।’

बुधबार र बिहीबार सिएमसीका प्रतिनिधिसँग खानेपानी मन्त्रालयका अधिकारीले सिंगापुरमा गरेको वार्ता फलदायी नभएपछि बोर्डले विकल्पमा जाने निर्णय गरेको हो  नयाँ पत्रिकामा खबर छ। सिएमसीले बाँकी काम गर्ने भए आयोजनासँग लिनुपर्ने बाँकी रकम काम सक्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी फिर्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोर्ट जफत नगर्ने प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेको थियो ।

नेपालबाहिर मात्रै वार्ता गर्ने उसकै सर्तअनुसार मन्त्रालयका कानुनी सल्लाहकार गुणराज श्रेष्ठ, आयोजनाका उपप्रमुख भोजविक्रम थापा र मन्त्री विना मगरको तर्फबाट स्वकीय अधिकृत विजय भट्टराईको टोली अन्तिम छलफलका लागि सिंगापुर पुगेको थियो ।

सरकारले सिएमसीलाई सन् २०१३ मा तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी ७ अर्ब ७२ करोडमा आयोजनाको जिम्मा लगाएको थियो । तर, भूकम्प, नाकाबन्दीलगायत कारण देखाउँदै विभिन्न समयमा सम्झौता थप गरिएको थियो । पछिल्लो सम्झौताअनुसार सिएमसीले २७ माघसम्म आयोजनाको काम सक्नुपर्ने थियो । तर, आर्थिक रूपमा समेत टाट पल्टिएको भनिएको सिएमसीका प्रतिनिधिले २९ मंसिरदेखि नै काम छाडेका थिए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*