uttara kumar oli ko gadi

दाङमा गाडी दुर्घटना , एक जनाको मृत्यु , संसद ओली गम्भीर घाइते

इन्द्रेणी संवाददाता

दाङमा भएको सवारी दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । दुर्घटनामा परि रुकुमको मुसीकोट निवासी २६ बर्षीया रमीता शर्माको मृत्यु भएको लमही प्रहरीले जनाएको छ । यसैगरी दुर्घटनामा परि पाँच नम्बर प्रदेशका संसद उत्तरकुमार ओली सहित १५ जना घाइते भएका छन् ।

दाङको घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र बुटवलबाट तुलसीपुर तर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको नीजी एक आपसमा ठोक्किदा दाङको मुसोट खोलामा दुर्घटना भएको हो । अस्पताल श्रोतका अनुसार सांसद वलीको अवस्था गम्भीर छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*