FB_IMG_1549205004335

घोराही खानेपानी निर्वाचनमा प्रगतिशील प्यानलले उम्मेदवार टुंगो लगायो

इन्द्रेणी संवाददाता

दाङ , २० माघ । यहि माघ २६ गते हुने घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनका लागि प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवार छनौट गरिएको छ ।

घोराही खानेपानी तथा सरसफाई निर्वाचन परिचालन समितिका संयोजक राममणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवार छनौट गरेको हो । २६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि गणेशप्रसाद श्रेष्ठ,उपाध्यक्ष मधुसधन अ¥र्याल,सचिव निर्मल गौतम,कोषाध्यक्ष नरबहादुर बुढाथोकी नाम सिफारिस गरेको संयोजक पाण्डेले जानकारी दिनुभयो ।

यस्तै महिला सदस्यमा विष्णु कालाथोकी,मनकुमारी पुन,भुमा चौधरी, सदस्यहरुमा दिलीप खनाल र दुर्गा भुषाललाई छनौट गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दैै संयोजक पाण्डेले निर्वाचनमा सहयोग गर्न सम्पूर्ण प्रगतिशिल उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*