jyestha nagarik sarokar kendra

ज्येष्ठ नागरिकको साझा चौतारी दिवा सेवा केन्द्र

केशरमान बुढाथोकी

कसैले भजन गाउदै बजाउदै थिए , कसैले  ठुला ठुला ग्रन्थ तथा  विभिन्न साहित्यिक  पुस्तक पढ्दै थिए भने कसैले एक अर्कामा सुख दुखका कुरा साटासाट गर्दै थिए  । बिहिबार दिउसो घोराही १५ उत्साह टोल स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको दृश्य हो यो । घोराही उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुका लागि भेटघाट तथा अनुभव आदानप्रदान होस् भन्ने उद्देश्यले स्थापना गरेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको बुधबार मात्र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले एक कार्यक्रमको  आयोजना गरेर उद्घाटन गरेका थिए ।

ज्येष्ठ नागरिकहरु समाजका इतिहास भएकाले उनीहरु समाजका सम्पत्ती भएको ठहर गर्दै घोराही उपमहानगरले ज्येष्ठ नागरिक हरुको जीवन भोगाई र अनुभव साटासाट गर्ने साझा चौतारीको रुपमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गर्नु परेको नगर प्रमुख नरुलाल चौधरीले बताए । ज्येष्ठ नागरिकहरुले लामो अनुभव बाट आर्जन गरेको ज्ञान, सीप र कला ,कौशल भावी पुस्ताहरुका लागि महत्वपूर्ण सिकाइ  हुने भएकाले उनीहरुको ससम्मान संरक्षणको आवश्यकता भएको नगर प्रमुख नरुलाल चौधरीको भनाइ रहेको छ ।

ज्येष्ठ नागरिकहरु लाई समाजको सम्पती ठान्दै उनीहरुको साझा चौतारी बनाउन घोराही उपमहानगरले उपमहानगरको ५ लाख रुपैयाँ लागतमा घोराही १५ स्थित उत्साह टोलले संरक्षण गरिराखेको करिब २ कठ्ठा जमिनमा सानो भवन र सौचालय निर्माण गरेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

20190131_124258

केन्द्रलाई थप ब्यबस्थित गर्न घोराही नगरकै महिला बालबालिका तथा सामाजिक बिकास शाखा ३ लाख रुपैया बजेटको ब्यबस्था गरेको र त्यहि बजेटले अब नवनिर्मित घर र जमिनमा तार पर्खाल गरिने अध्यक्ष खनालको भनाइ छ । ज्येष्ठ नागरिकहरु परिवारमा एक्लै हुने र  उनीहरुका अनुभव र कुराकानी सुनिदिने कोहि नभएकाले उनीहरु एकलकाटे हुने समस्या आउने सम्भाबना हुने भएकाले सेवा केन्द्रमा आएपछि आफ्ना उमेर समुहका अन्य थुप्रै दौतरी हरु भेटिने र आ आफ्ना दुख सुख साटासाट गर्ने साझा चौतारी भएकाले सेवा केन्द्र प्रभाबकारी हुने अध्यक्ष खनालको भनाइ रहेको छ ।

पछिल्लो समयमा ज्येष्ठ नागरिकहरु परिवारको अपहेलनामा परेर वृद्धाश्रम जाने क्रम बढी रहेकाले त्यसलाई रोकी वृद्धवृद्धा पनि यहि समाजको सम्पत्ती भएकाले उनीहरुका जीवन भोगाई लाई एउटा सिंगो विश्वविद्यालय ठानेर यहि भोगाईबाट महत्वपूर्ण पाठ सिकिने सेवा केन्द्रका सल्लाहकार नारायण प्रशाद शर्माको भनाइ छ   ।

जेष्ठ नागरिकहरु समाजका सम्पति भएको भन्दै उनीहरुका लागि कानुन निर्माण भएपनि कार्यन्वयनमा समस्या भएको गुनासो गर्दै सरोकार केन्द्रको परिसर भित्रै बसिरहेका केन्द्रका सल्लाहकार शर्माले भने ( अहिलेको अबस्थामा आएर ज्येष्ठ नागरिकको पक्षमा आवाज बुलन्द पारिदिने कोहि छैन , राष्ट्रले कानुन निर्माण गरेर के गर्ने परिवार बाटै ज्येष्ठ नागरिक हरु हेपिएका हुन्छन यो कुनै एउटा परिवारको मात्र नभएर हाम्रो समाजकै समस्या हो । यसलाई निर्मुल पार्न समाजमा सचेतना जगाउन जरुरी छ ।

20190131_160912

घोराही नगर क्षेत्रका ज्येष्ठ नागरिकहरुका लागि संचालन गरिएको सरोकार केन्द्रमा अहिले सम्म करिव १५ र २० जना ज्येष्ठ नागरिकहरुले सेवा लिएकाले यसको आकर्षण बढ्ने कुरामा आशावादी भएको भन्दै आफु स्वयम् दिनभर केन्द्रमै बस्ने गरेको अध्यक्ष खनालको भनाइ रहेको छ ।

सेवा केन्द्रमा सेवा लिन आएका ज्येष्ठ नागरिकहरु पनि घरमा एक्लै बसेर दिनभर पट्यार लाग्ने भएकाले यहि आएर आफ्ना उमेर मिल्दा दौतरीहरु संग आफ्ना दुख सुख साट्न पाउदा निकै खुसी भएका छन् । सेवा केन्द्रले दिवा सेवामा आउने ज्येष्ठ नागरिकहरु लाई पढ्ने पुस्ताक , बाध्यबाधनका सामग्री र चिया खाजा समेतको ब्यबस्था गरेको छ । दैनिक लुम्बिनीबाट 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*