गाडी दुर्घटनामा परि सशस्त्र प्रहरी प्रमुखको मृत्यु, प्रमुख जिल्ला अधिकारी गम्भीर घाइते

इन्द्रेणी संवाददाता

बाराका सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको गाडी दुर्घटनामा परि मृत्यु भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुख चढेको बा. १ झ.  १६३३ नम्बरको  गाडी दुर्घटना भएको हो  ।

भयानक दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको  प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले  जानकारी दिए । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*