madira

विषाक्त रक्सी सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या दश पुग्यो

मलेसिया, ११ असोज । मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ ।

madiraयसअघि उपचारको क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको ज्यान गएको थियो ।

यस्तै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको पनि ज्यान गएको थियो ।

विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जनाको शव नेपाल ल्याउने तयारी भइरहेको दुतावासले जनाएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*