kuuaa

कुखुरा तथा दाना व्यवसायी समितिमा पद हस्तान्तरण

इन्द्रेणी संवाददाता
दाङ, ७ असोज । सुरक्षिता कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । आज आइतवार घोराहीमा शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको आयोजना गरी पुरानो कार्य समितिले पाँचौं अधिवेशनबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।

kkkbbसमितिका निर्वतमान अध्यक्ष मिनु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ ‘भारी’ ले नवनिर्वाचित समितिका अध्यक्ष सहित सबै पदाधिकारीहरुलई प्रमाणपत्र र खादा लगाएका थिए भने निवर्तमान अध्यक्ष गिरीले नवनिर्वाचित अध्यक्ष निमबहादुर बुढाथोकीलाई माइनोट हस्तान्तरण गरी पद हस्तान्तरण गरेका थिए ।

kuuaaकार्यक्रममा निर्वाचन मण्डलका निर्वाचन अधिकृत नेत्रसेन ठकुरीले नयाँ सवै पाधिकारीलाई शपथ ग्रहण गराएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीलगायतले शुभकामना व्यक्त गरेका थिए । निवर्तमान उपाध्यक्ष मोहन आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नरेश कार्किले गरेका थिए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*