Youth 1

दिगो विकासमा युवाहरुको भूमिका महत्वपूर्ण : महरा

काठमाडौं, २७ साउन । सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

Youth 1राष्ट्रिय सभा गृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्नुहुँदै सभामुख महराले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका हुन् ।

‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो’, उनले भने, ‘यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ ।

दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हाँसिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’
जलवायु परिवर्तनका कारण ठूला–ठूला प्राकृतिक विपदका घटनाहरु भइरहेकोतर्फ चर्चा गर्दै सभामुख महराले दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्नेतर्फ सचेत गराएको बताए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*