fake-doctor

नयाँ कानुन : उपचारमा लापरबाही गर्ने डाक्टरलाई ‘जन्मकैद’

काठमाडौं, २७ साउन । डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा ‘जन्मकैद’ को सजाय हुने भएको छ । यसअघि लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।

nakkli dactorअब उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए वा शरीर अंगभंग भए उपचारमा संलग्न चिकित्सकले जन्मकैदको सजाय भोग्नुपर्नेछ । यो व्यवस्था १ भदौबाट लागू हुँदै छ । नयाँ पत्रिकामा खबर छ- उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागू गरेको हो ।

सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकहरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।

कानुन नसच्याए सेवा छाडेर घरमा बस्छौँ
सरकारले चिकित्सकलाई अपराधीझै सम्झेर कानुन ल्याएको छ । जुन कारबाही समेटिएको मुलुकी ऐन लागू हुँदै छ, त्यसले चिकित्सकको मनोबल गिराएको छ । तत्काल सुधार नगर्ने हो भने चिकित्सकले काम गर्दैनन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*