38041864_1596328767138796_2590094570612064256_n

घोराहीमा कांग्रेसको सडक प्रर्दशन

इन्द्रेणी संवाददाता
दाङ, १५ साउन । सरकारका क्रियाकलापका सदनमा विरोध गर्दै आएको प्रतिपक्ष दल नेपाली कांग्रेसले आज घोराहीमा प्रर्दशन गरेको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत काग्रेसले सडकमा प्रर्दशन गरेको हो ।

38041864_1596328767138796_2590094570612064256_nपार्टी कार्यालयबाट शुरु भएको कांग्रेस कार्यकर्ताको ¥यालीले घोराही बजार परिक्रमा गरी तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा कार्यकर्ताहरुले अहिलेको सरकारले मुलुकमा अधिनायकवाद लाद्ना खोजेको आरोप लगाएका थिए ।

कोणसभामा बोल्ने वक्ताहरुले अहिलेको सरकारले विभिन्न कर लगाउदै जनतालाई ढाड सेक्ने गरी महंगी बढाएको आरोप लगाए ।
कोणसभालाई संसाद डिल्लीबहादुर चौधरी, नेता राजु खनाल, कमलकिशोर घिमिरे, पूर्व संसद सुशीला चौधरीलगायतले सम्बोधन गरेका थिए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*