jhadapama goli chalyo 960

लुटेरा नियन्त्रणमा लिने क्रममा गोली

काठमाडौँ, ७ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले राससलाई जानकारी दिनुभयो । अमर खुट्टामा गोली लागी घाइते भएका छन् ।

प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यसैगरी एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । अमरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए । उक्त रकम लुट्ने काममा चार जना रहेको जानकारी प्रवउ सिंहले दिनुभयो । रासस

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*