FB_IMG_1523957814103

संघीय सभामुख देखि मुख्यमन्त्री सम्म किन आए दाङ ?

काठमाडौं, ४ बैशाख । संघीय संसदका सभामुख कृष्णबहादुर महरा, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, सांसदहरु र पालिका प्रमुखहरुले दाङको समृद्धिका लागि दूरदर्शी योजना बनाउन जुटेका छन् । उनीहरुले दाङको सर्वाङ्गीण विकासका लागि दूरदर्शी र प्रभावकारी योजना निर्माण pगर्ने आयोजक जिल्ला समन्वय समिति दाङले जनाएको छ ।

सम्माननीय सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा घोराहीमा बृहत छलफल शुरु भएको छ । सभामुख महरा दाङ– २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । कार्यक्रममा दाङ– २ (क) बाट प्रदेशसभामा निर्वाचित भई ५ नम्बर प्रदेशको मुख्यमन्त्री बनेका नेता शंकर पोख्रेलको पनि सहभागिता रहेको छ ।

दिनभर चल्ने छलफलले दाङको सर्वाङ्गीण र दूरदर्शी योजनाको खाका कोर्ने बताइएको छ । यो कार्यक्रममा धरणीधर शर्मा र रमेश अधिकारीले दूरदर्शी योजनाका विषयमा अवधारणापत्र प्रस्तुत गर्नेछन् । अवधारणापत्रको सेरोफेरोमा रहेर आआफ्नो क्षेत्र, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा केन्द्रित रहेर जनप्रतिनिधिहरुले टिप्पणी र सुझाव प्रस्तुत गर्नेछन् ।

 

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*