mahara.

सभामुख महरा दाङ आउने, यस्तो छ कार्यक्रम

केशरमान बुढाथोकी

दाङ , ३ बैशाख । सभामुख कृष्णबहादुर महरा दाङ आउने भएका छन् । दाङको समग्र बिकासका लागि जिल्ला समन्वयन समिति दाङले आयोजना गरेको “दाङको समृद्धिका लागि ठोस योजना ” बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सभामुख महरा दाङ आउन लागेका हुन् ।

दाङबाट प्रतिनिधि सभा सदस्य , राष्ट्रिय सभा सदस्य , प्रदेश सभा सदस्य , स्थानीय तहका प्रमुख , उपप्रमुख ,अध्यक्ष , उपाध्यक्ष र दाङमा क्रियाशिल पत्रकारहरुको सहभागितामा हुने अन्तरक्रियामा सभामुखले महत्त्वपूर्ण सम्बोधन गर्नेछन ।

त्यस्तै दाङ पछि सभामुखले रोल्पाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने महराको सचिवालयले जनाएको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*