sahayog

आर्थिक अभावकै कारण पढाईबाट बञ्चित हुनुहुदैन : केसी

तुलसीपुर ३ बैशाख । तुलसीपुर उपमहानगरपालिका १३ तुईखोला निबासी अमृत बिक ११ बर्षको भईसक्दा पनि बिद्यालय जान पाएका थिएनन् । पाँच बर्ष देखि नै बिद्यालय जानुपर्ने भएपनि शाहारा कोही नहुँदा उनी स्कुल जानबाट बञ्चित भएका थिए । उनी पढाईबाट बञ्चित भएको थाहा भएपछि तुलसीपुर ६ मा रहेको दिदीघर संस्थाले बिद्यालय ल्याउन पहल थाल्यो । र अहिले उनी बिद्यालय जान थालेका छन् ।

दिदीघर संस्थाकै पहलमा अहिले धेरै अनाथ बालबालिकाहरु बिद्यालय जाने अवसर पाएका छन् । यसैबीच आईतबार ६० बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्री किन्न सक्ने हैसियत नभएकै कारण पढाईबाट बञ्चित हुने गरेका ६४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । तुलसीपुर, ववई, शान्तिनगर, दंगीशरण गाउँपालिकामा रहेका ती बिद्यार्थीहरुलाई सहयोग गरिएको दिदीघर संस्था तुलसीपुरका अध्यक्ष स्यानी चौधरीले बताईन् । उनका अनुसार कक्षा १ देखि १० सम्म पढ्ने ५० र उच्च शिक्षा अध्ययन गर्ने १४ जनालाई सहयोग गरिएको हो ।

उनीहरु कपी, कलम, ड्रेस अभावकै कारण बिद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताईन् । दिदीघर तुलसीपुरको आयोजना तथा रेवा रिचार्डन युएसएको सहयोगमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम भएको हो । प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसी र तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष नबराज लामिानेले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । दिदीघर संस्थाकी अध्यक्ष स्यानी चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य केसीको प्रमुख आतिथ्य एबं वडा नंबर ६ का अध्यक्ष लामिछानेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि केसीले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका बिद्यालय जानबाट बञ्चित हुननहुँने बताए । कार्यक्रममा बिशिष्ट अतिथि लामिछानेले अनाथ बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए । माया चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण निर्मला महताराले गरेकी थिईन् । साथै त्यस अबशरमा अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच पनि गरिएको थियो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*