photo

उपचारका लागि सहयोग रकम हस्तान्तरण

इन्द्रेणी संवाददाता
दाङ, ८ चैत । करीव दुई महिना पहिले आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी दिलबहादुर ओलीको उपचारका लागि मेचिकालि वोडिङ स्कुलले सहयोग रकम हस्तान्तरण गरेको छ ।

photoविद्यालयले विद्यालयका विद्यार्थी र शिक्षकहरुबाट संकलन भएको ७ हजार ९ सय २५ रुपैयाँ पीडितका छोरा हरिबहादुर ओलीलाई हस्तान्तरण गरेको हो । विद्यालयका प्रिन्सिपल चक्र रावतले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

पीडित हरिको घरको आर्थिक अवस्था कम्जोर भएको र बुबाको उपचारका लागि ठूलो रकम खर्चिनुपर्ने भएकाले सहयोगको आवश्यकता परेको हो । घाइते दिलबहादुरको छतबाट खस्दा घाँटीमा गम्भीर चोट लाग्नुका साथै शरिर नचल्ने गरी चोट लागेको छ । भारतको सोलानमा उपचार भइरहेको उनको उपचार शुरु गरेको करीव दुई महिना वितिसक्दा पनि पूर्ण रुपमा सञ्चो लाग्न सकेको छैन ।

यता घरमा दिलबहादुरकी ८० वर्ष नाघेकीे बृद्धा आमा र एक छोरा मात्रै रहेका छन् । घरेकै कमाइको रुपमा रहेका दिलबहादुर घाइते भएपछि घरमा छाक टार्न पनि गाह्रो भएको बृद्धा आमा बताउछिन् । ‘चौरासी गर्ने भनेर केही पैसा जम्मा गरेकी थिए त्यही पनि छोराको उपचारमा खर्च भयो अब सुको छैन’, उनले भनिन्, ‘साँझ विहान खाने समस्या छ, उता छोराका त्यस्तो अवस्था छ ।’

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*