sabhamukh mahara

सभामुख महरा दाङ आउने

तुलसीपुर ३० फागुन । सभामुख कृष्णबहादुर महरा दाङ आउने भएका छन् । अन्तराष्ट्रिय जातिय बिभेद तथा रंगभेद उन्मुलन दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन महरा दाङ आउन लागेका हुन् ।

मार्च २१ मा पर्ने उक्त दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिकाले अन्तरजातिय विवहा गरेका जोडिहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा सहभागि हुन महरा दाङ आउन लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

सभामुख भएपछि पहिलो पटक महरा दाङ आउँदै छन् । जातिय बिभेद उन्मुलन गर्न तुलसीपुर उपमहानगरपालिकाले अन्तरजातिय विवहा गरेका जोडिहरुलाई सम्मान गर्न लागेको प्रमुख पाण्डेले बताए ।

प्रमुख पाण्डेका अनुसार जातिय बिभेद उन्मुलनको कडी अन्तरजातिय बिवहा भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका अन्तरजातिय विवहा गरेका जोडिहरुलाई सम्मान गरिने तुलसीपुर उपमहानपालिकाका प्रमुख पाण्डेका प्रेस सल्लाहकार बसन्त विवस आचार्यले बताए ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*