bajaaj1

तुलसीपुरमा बजाज शोरुम उद्घाटन

इन्द्रेणी संवाददाता
तुलसीपुर, ३० फागुन । दाङको तुलसीपुरमा बजाज मोटरसाइकलको शोरुम उद्घाटन गरिएको छ । बुधवार औपचारिक कार्यक्रमकाबीच क्रसवोर्डर प्रालिको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले उद्घाटन गरे ।

bajaaj1शोरुमको उद्घाटन गर्दै अध्यक्ष रावतले गुणस्तरीय सेवा सुविधा दिन शोरुम सञ्चालकलाई सुझाव दिए । उनले सेवाको गुणस्तरमा कसैसँग सम्झौता पनि नगर्न आग्रह गरे । कार्यक्रममा प्रालिका संचालन प्रदिप के.सी.को अध्यक्षतामा भएको थियो ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*