19650040_593715050975688_23677189_o

भारतबाट ल्याउँदै गरेको कुखुराको बच्चा नियन्त्रण

संजय कुशवाहा
नवलपरासी , ३० फागुन । नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउपालिकाकाे वडा नं. ५ धरमौली गाउँबाट गएराति सशस्त्र प्रहरीले भारतबाट भित्र्याउदै गरेकाे २ हजार ५ सय गाेटा कुखराकाे बच्चा नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । बच्चा तस्करहरु फरार भएका छन ।

सक्रिय  बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथाेकीकाे नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे चल्ला गएराती नियन्त्रणमा लिन सफल भएकाे हाे ।

प्रहरीलाई देखेर तस्करहरु चल्ला गेहुबालीमा फ्याकेर भागेकाे प्रहरी निरिक्षक तेजबहादुर बुढाथाेकीले बताउनुभयाे। नियन्त्रणमा लिइएकाे साे चल्ला आज स्थानियबासिन्दा, पत्रकार, सुरक्षाकर्मी तथा महेशपुरका पशु क्वारेनटाईन चेक पाेस्टका अधिक्रित खडग बहादुर सिंहको राेहबरमा नष्ट गरिएकाे छ । जिल्लाकाे पकलिहवा, गुठिप्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट भारतीय कुखुराकाे चल्ला नेपाल भित्रिदै आएकाे स्राेतकाे दाबी छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*