28907587_1745352725523520_961747402_n

लक्ष्मीपुरमा बाल हिंसा न्युनिकरण

दाङ २९ फागुन । घोराही उपमहानगरपालिका वडा न ४ को आयोजनामा बाल हिंसा न्युनिकरण अभिमुखिकरण मगलवारदेखि शुरु भएको छ ।

28907587_1745352725523520_961747402_nअभिमुखिकरण बुधवार सकिने भएको छ । अभिमुखिकरणमा बाल संरक्षण समिति र बालबालिका गरेर ३० जनाको सहभागिता भएको वडा सचिव पुनाराम गिरीले वताए । तालिमको उदघाटन वडा अध्यक्ष भिमबहादुर सार्कीले गरेका थिए । अभिमुखिकरणका उद्घाटन गर्दै वडा अध्यक्ष सार्कीले बालबालिकालाई हिंसावाट जोगाउन सचेत पार्न कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

बाल संरक्षण समितिका सदस्य रिखा शर्माको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा वडासदस्यहरु सशिधर पन्त, रजनी चौधरी र लिलादेवि गोतामेले मनतव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सामाजिक परिचालक हेमराज पौडेलले गरेका थिए । कार्यक्रमको प्रशिक्षकमा पत्रकार इन्द्र डिसी छन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*