mamata prasad chaudhari

गोली प्रहारबाट घाइते मेयर त्रिवि शिक्षण अस्पतालमा भर्ना

कैलाली, २९ फागुन । अज्ञात समूहको गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

mamata prasad chaudhariगएराति नचिनेका मानिसको समूहले घोडाघोडीमा रहेको आफ्नै घरमा गोली र खुकुरी प्रहार गरेपछि घाइते भएका चौधरीलाई थप उपचारको लागि सेनाको हेलिकप्टेरबाट काठमाडौं लगिएको हो ।

यसअघि उनको नेपालगञ्जमा सामान्य उपचार गरिएको थियो । गोली हानेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको अनुमान गरिएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*