DSC_0187

घोराहीको फचरकपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना

घोराही, २९ फागुन । घोराही उपमहानगरपालिकाले वडा नम्बर ६ को फचकपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । कार्यपालिकाको १६ औँ बैठकले गरेको निर्णय बमोजिम उपमहानगरले वडा नम्बर ६ को फचकपुरमा शहरी स्वास्थ्य केन्द्रको स्थापना भएको हो ।

वडा नम्बरका अध्यक्ष रेवबहादुर बुढाथोकीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपानले शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो । एक वडा एक नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने निति तथा कार्यक्रम अनुसार पहिलो केन्द्रकारुपमा फचकपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

DSC_0223केन्द्रमा ३२ प्रकारका औषधीहरु निशुल्क पाईने छ भने आधारभुत औषधी उपचार, गर्भवती जाँच, परिवार नियोजन र खोप सेवाहरु प्रदान गरिने उपमहानगरका स्वास्थ्य महाशाखाका ठाकुर खनालले जानकारी दिनुभयो । अहेव उमा चौधरीलाई केन्द्रको जिम्मेवारी दिईएको छ ।

यसैबिच आज उद्घाटनको पहिलो सेवाग्राही लखुवारका ६० बर्षिय विजयन्ती चौधरी बन्नुभयो । उहाँको स्वास्थ्य जाँच गरेर शहरी स्वास्थ्य केन्द्रले उपचार सेवा थालेको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्य केन्द्रलाई जनताले सम्पत्तीकारुपमा संरक्षण र उपभोग गर्नुपर्ने बताउनुभयो ।

व्यक्ति स्वस्थ भए मात्रै आर्थिक संबृद्धी हुने भन्दै उहाँले रोग लाग्नु भन्दा लाग्नै नदिने उपायहरु खोज्न अपिल समेत गर्नुभयो । हरेक क्षेत्रमा आम नागरिकहरुको सहज पहुँचका लागि उपमहानगरले अधिकतम कार्यक्रमहरु ल्याउने समेत जानकारी दिनुभयो ।

उपमहानगरले अभिभाबकत्व एवं आबस्यक सहयोग गर्ने र सम्बन्धीत ठाउँका नागरिकहरुले त्यसको संरक्षण, सुरक्षा र उपभोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख सीता न्यौपानेले नागरिकहरुलाई आधारभुत सेवाहरु सके सम्म घर नजिकैबाट दिने योजनामा आफुहरु रहेको बताउनुभयो ।

व्यक्ति स्वस्थ्य भए मात्रै हामीले प्रगति गर्न सक्ने भएकाले खानपान, आनीबानी, खोपसेवा र स्वास्थ्य प्रति सचेतता अपनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरी, १६ का अध्यक्ष लछिनप्रसाद बुढा, नेकपा एमालेका थुरेन्द्रबहादुर वली, माओबादी केन्द्रका खिमबहादुर चौधरी, नेपाली कांग्रेसका खगिराम वली, जनस्वास्थ्यका प्रकाश योगी, धारपानी मन्दिर व्यवस्थापन समितिका सचिब बिष्णुराम आचार्य, वडा सदस्य केशबकुमार बुढाथोकीले शहरी स्वास्थ्य केन्द्रलाई साझा सम्पत्तीकारुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उक्त केन्द्रबाट साविक सौडियार गाबिसका १, २, ३ र ४ तथा वडा नम्बर १६ का जनताहरुले उपचार सेवा लिने छन् । केन्द्र सञ्चालनका लागि उपमहानगरले ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी उपमहानगरले यसै आर्थिक बर्षमा अन्य ५ वटा वडामा पनि शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*