lp gass(1)

ग्यास फिलिङ र वितरण डिलर बाट मात्रै

गोविन्द खड्का
घोराही, २९ फागुन । खुत्र्क्क खुत्रयाक् साईकलमा सिलीण्डर बजाउ“दै हिडेका व्यवसायीलाई घोराही ग्या“स उपसमितिका पदाधिकारीले भेटाए । एक पदाधिकारीका अनुसार तिनलाई पच्छ्यादै जा“दा भाडा पसलले बेच्ने गरेको पत्ता लाग्यो । तुरुन्तै फोन गरेर उपसमितिको कार्यालय मिलन चोक बोलाईयो ।

lp gass(1)त्यहा“ उपसमितिका अध्यक्ष सन्तोष श्रेष्ठ, सचिव यादव श्रेष्ठ, कोषाध्यक्ष गोपाल आचार्य सहितका पदाधिकारीहरु हुनुहुन्थ्यो । समितिले बोलाएको विषय व्यवसायीलाई थाहै थिएन । पदाधिकारीले व्यवसायीतपाई ग्यासको डिलर हो ? होईन, भनेर जानकारी लिए । ति व्यवसायीले सब डिलर भएको जानकारी दिए । कुनै डिलर बाट ल्याने बेच्ने र खाली सिलिण्डर भर्ने रहेछन् ।

गत माघ २५ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ सहितको उपस्थितिमा खुद्रा ग्यास विक्रि वितरण नगर्ने निर्णय गरेको थियो । जथाभावि विक्रि गर्दा असुरक्षा बढेको उक्त निर्णयमा उल्लेख छ । घोराही उपमहानगरपालिका भित्र तत्काल आवश्यक व्यवस्थापन गरी जथाभावि विक्री वितरण बन्द गराउने जिम्मा उपसमितिलाई दिएको थियो । प्रहरी प्रमुख एसपि दुर्गा सिंह, दाङ उद्योगवाणिज्य संघका महासचिव नरेश कार्कि लगाएतको उपस्थितिमा भएको सहमति कानुनी हिसावले पनि बलियो मानिन्थ्यो ।
आधिकारीक डिलर नल्याईकन ग्या“स बेचिरहेका ति व्यवसायीलाई कुनै डिलर बाटै ग्यास उपलब्ध हुदै आएको खुल्यो । समितिको निर्णय डिलरले उल्लंघन गरेपछि व्यवसायी दोषि हुन सक्दैन्थे । निर्दोश व्यवसायीलाई पदाधिकारीले सम्मानको व्यवहार गरे । व्यवसायीले खुशि हुदै अब बेच्दैन भन्ने प्रतिबद्धता जनाए । ‘म बेच्दै बेच्दैन । कसैले फोन गरे कारोबार छोडे भन्छु’ उपसमितिको नियममा खुशि व्यक्त गर्दै ति व्यवसायीले भने, ‘सम्भव भए सम्म सल्लाह गरेर डिलरै ल्याउछु । उहिल्यै देखिको मेरो भित्रि ईच्छा छ ।’ यति भन्दै सौहार्दताका साथ विदा भए ।
यसैगरी लुकि छिपि सव डिलर चलाएका डिलर सन्चालकहरुलाई पनि बोलाउने क्रम चलिरहेको थियो । सब डिलर बन्द गराउने, भाडा, किराना लगाएत अन्य व्यवसायीले ग्यास बेच्न नपाउने नियमलाई उपसमितिले कडा पारेको छ । उपसमितिका अनुसार कोहि कसैले पनि उपमहानगरपालिका क्षेत्रमा नियम मिचेर ग्या“सको खुद्रा कारोबार गर्न पाउने छैन । अवैध मानिने छ ।

यसरी ग्या“स विक्री मै कडाई किन गर्नुभयो ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष श्रेष्ठले ग्यास अति जोखिम प्रज्वलन पदार्थ भएको कारणले सतर्कता अपनाउनु परेको प्रतिकृया दिनुभयो । ‘यो जथाभावि फुटकरमा बेचन पाईदैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘उद्योगले दिएको डिलर ले बेच्न पाउछ । उसलाई आवश्यक तालिम दिईएको हुन्छ ।’ उहा“का अनुसार व्यवसायीले कम्तीमा दुई वटा फायर फाइटर राख्नुपर्छ । आगलागिको समस्या आए तुरुन्तै निभाउने उपकरण हो । नेपाल भुपरिवेष्ठित देश भएकाले नाकावन्दी को समस्या आउन सक्छ त्यसको लागि एकसय सिलिण्डर ग्या“स स्टक डिलरले राख्नुपर्छ । बाटो पुल भत्कियो भनेपनि केहि दिनलाई फरक नपर्ने गरी व्यवस्था गरिएको हुन्छ । त्यो फुट्करले सक्दैनन् ।

हरेक डिलरमा ग्यास तौलने मेशिन हुनुपर्ने वताएको छ । कसैलाई संका लाग्यो भने तौलेर लैजाने व्यवस्था गर्छन् । भा“डाको १५ दशमलव दुई देखि आठ र लिक्वीडको १४ दशमलव दुई सम्म हुने अध्यक्ष श्रेष्ठको भनाई छ । अहिले १८ देखि २८ सम्मका सिलिण्डर प्रयोग गर्न मिल्ने म्याद भित्रका छन् । त्यसबाहेक १७ भन्दा तलका ग्यास भए त्यो कानुनी हिसावले बेचन पाईदैन । ग्राहकले ए वि सि डि सगै रहेको नम्बर हेर्नुपर्छ । कसैले बदमासी गरेर म्याद गएका सिलिण्डर दिएपछि समितिमै उजुरी गर्नुपर्छ । त्यसको जवाफ र विग्र भत्केपछिको जिम्मेवारी डिलरले लिने भएकाले पनि फुट्कर विक्री प्रतिबन्द गर्न निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

समितिका अनुसार घोराही उपमहानगरपालिका भित्र ३३ वटा डिलर रहेका छन् । त्यसमा आठ वटा डिलर नारायणपुर बजारमा छन् । उनिहरु संगै ग्यास रिफिल गर्नुपर्छ । कतै लिक भयो वा अन्य समस्या आयो भनेपनि आईडिया डिलर सन्चालकलाई हुन्छ । राप्ती, भेरि, मनकामना, सिद्धार्थ र स्वस्तिक कम्पनीका ग्यास बजारमा विक्रि वितरण हुने गरेका छन् । उनिहरुसवैलाई एक जना प्रतिनिधिको व्यवस्थ ागर्न भनिएको उपसमितिले जानकारी दिएको छ । डिलर बाहेक एक सय ४७ सब डिलर सन्चालनमा आएका थिए । एक महिनामै असि प्रतिशत सव डिलर हटाएको समितिले जनाएको छ । बाकि विस प्रतिशत केहि दिनमै बन्दहुने भनाई छ । लुकाएर बेच्ने, समिति र प्रशासन विचमो सहमति उल्लंघन गर्नेलाई छुट नदिने उप समितिले जनाएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*