29027825_2080539855516179_3238699851386454016_o

गाडिका पार्टसको छुट्टै पसल खुल्यो

गोविन्द खड्का
घोराही २९  फागुन । सवारीका साधनमा आवश्यक पर्ने पार्टसको छुट्टै पसल खुलेको छ । घोराही कपासीको अटोभिलेजमा स्थापना गरिएको एमपि अटो स्पेर्सको आईतवार घोराही उपमहानगर पालिकाका उपप्रमुख सिता सिग्द्ययाल न्यौपानेले उद्घाटन गर्नुभएको हो ।

सबै जसो पार्टसहरु उपलब्ध गराउन सकिने गरी व्यवस्था गरेको सन्चालक प्रकाश विश्वकर्माले जानकारी दिनुभयो । उहाँले आधुनिक सवारी साधनका लागि चाहिने पार्टस विदेश वाट मगाउनु पर्दा पनि लामो समय नलाग्ने बताउनुभयो । ‘मैले आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) बनाई सकेको छु’ एमपि अटो स्पेयर्स सन्चालक विश्कर्माले भन्नुभयो, ‘दिल्ली बाटै मगाउनु पर्ने अवस्था आएपनि ढिला गर्दैनौ“ ।’ उहाले व्यवसायीहरुलाई कुनै झन्जट नहुने गरी छरितो र भरपर्दो सेवा दिन चाहेको बताउनुभयो । जति सुकै आधुनिक सवारी साधन भएपनि पार्टसहरु उपलब्ध गराउन सक्ने प्रतिवद्धता जनाउनुभयो ।

केहि दिन भित्रै एमपि अटो सर्भिस पनि सन्चालनमा ल्याउने सन्चालक विश्वकर्माको भनाई छ । त्यसका लागि दक्ष मिस्त्रीको व्यवस्थापन गरीने जानकारी दिनुभयो । अहिले युरो ४, युरो ५ जस्ता नया टेक्नोलोजिका गाडिहरु आएका छन् । सर्भिस सेन्टरहरु पनि आधुनिक स्थापना गरीएका छन् । सवै सवारी साधनका पार्टस २४ घण्टा भित्र उपलब्ध गराउने गरी तयारी गरेको सन्चालक विकको भनाई छ । बाहिर बाट ल्याउनु परेपनि तुरुन्तै मगाउने व्यवस्था मिलाईने छ । सकभर खोजेको पार्टस दिन सक्ने गरी पसल स्थापना गरीएको विश्कर्माले बताउनुभयो ।

आवश्यकता महशुस भएको बेलामा खुलेको भन्दै अटोटाउन व्यवस्थापन समिति उपाध्यक्ष घनश्याम बस्नेतले प्रशंसा गर्नुभयो । उहा“ले गाडिको वाईरिङ सम्वन्धी सप्पै समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘म्युजिकल सिष्टम, हेडलाईट व्याग लाईट सबै कुरा पाईन्छन्’ उपाध्यक्ष बस्नेतले भन्नुभयो, ‘ईलेक्टीक बाहेक रंगहरु, डेकोरेशनका सामान पर्दा स्टिकर पनि राखिएको छ ।’ उहाका अनुसार अरु पसल पनि चलिरहेका छन् । व्यवसायीका लागि जति धेरै पसल त्यति फाईदा हुन्छ । प्रतिस्पर्धाको बजार बन्छ । एकै ठाउँमा धेरै समान पाईन्छ । गाडि विग्रीदा धेरै स्पेयर्स पसल र सर्भिस सेन्टर धाउनु पर्देन । त्यसैले पनि नया“ पसल खुलेपछि व्यवसायीका लागि खुशिको कुरा भएको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका वडा अध्यक्षहरु १४ का शक्तिराम डा“गि, ५ का विष्णुमणि धिताल लगाएतका जनप्रतिनिधिको उद्घाटन कार्यक्रममा सहभागिता थियो । ईन्जिनियर रामधन श्रेष्ठ लगाएत कर्मचारीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यपालिकाका महिला तथा वालवालिका शाखा प्रमुख मोति कुमारी विश्वकर्मा लगाएत विभिन्न क्षेत्रका व्यक्तित्वको उल्लेख्ये उपस्थिति थियो । उद्घाटन समारोह तथा पसल क्षेत्र सुन्दर ढंगले सजाईएको थियो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*