balbikas

वेसहारा बालबालिकाको शाहारा बन्दै बाल विकास

तुलसीपुर २९ फागुन । बिजौरीको असहाय बाल बिकास केन्द्रले बिचल्लीमा परेका बालकहरुलाई पालन पोषण गर्ने भएको छ । उनीहरुलाई प्रक्रिया पु¥याएर तुलसीपुर उपमहानगरपालिका १८ मा रहेको उक्त बाल बिकास केन्द्रमा राखिने अध्यक्ष बिष्णु चौधरीले बताए । अहिले बाल बिकास केन्द्रमा १४ जना बालबालिका बसोबास गर्दै आएका छन् । अभिभाबक बिहिन बनेका १४ जना बालबालिकालाई पालन पोषण, शिक्षा, दिक्षा दिदै आएको उक्त संस्थाले तुलसीपुर १३ फुलवारीका बिचल्लीमा परेका २ जना बालकहरुलाई पालन पोषण गर्ने अध्यक्ष चौधरीले बताए । फागुन २७ गते आईतबार तुलसीपुरबाट सञ्चालन भईरहेको राप्ती समाचार राष्ट्रिय दैनिकमा छापिएको ‘शाहारा गुमाएका नाबालकहरु’ शिर्षकको समाचारबाट प्रभाबित भई ती बालबालिकाको पालन पोषण गर्ने जिम्मा लिने प्रेस सल्लाहकार दिपक बोहराले जानकारी दिए ।

तिहारको समयमा बुवाको निधन भएपछि अहिले ८ बर्षका अमृत रेउले, ६ बर्षका गोबिन्द रेउले र २ बर्षीय रेशम रेउले बिचल्लीमा परेका छन् । बुवा सेबिराम रेउलेको निधन भएपछि अहिले उनीहरु बेसाहारा जस्तै बनेका छन् । आमा पनि अशक्त भएपछि अहिले दैनिक घरखर्च कसरी चलाउन नै धौ धौ भएको छ । घर चलाउन समस्या भएपछि अहिले उनीहरु आफ्नो मामा घर बसिरहेका छन् । तुलसीपुर १० गोलौरामा रहेको मामा घरमा बस्दै आएका छन् ।

मामा घरमा पनि हजुर आमा बाहेक अरु कोही छैनन् । हजुर आमा ७० बर्ष नाघिसकेकाले घर चलाउन पनि सक्ने अबस्था छैन् । अमृत कक्षा २ मा पढ्छन्, भने गोबिन्द कक्षा १ मा पढ्छन् । उनीहरुको पढाई पनि प्रत्यक्ष रुपमा प्रभाबित भईरहेको छ ।

उनीहरुको आम्दानीको कुनै स्रोत नभएपछि किताब, कापी किन्न पनि धौ धौ भईरहेको छ । अर्को तर्फ घरमा आमा र हजुर आमा अशक्त भएपछि आफै खाना पकाएर खाने देखि घरका सबै काम गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा उनीहरुको पढाईमा प्रत्यक्ष असर परिरहेको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*