biman durghatana

विमान दुर्घटना : आगलागी नियन्त्रणमा, घाइतेहरुको उद्दार हुँदै

इन्द्रेणी संवाददाता
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टमा भएको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानबाट १४ जनाको उद्दार गरिएको समाचार प्राप्त भएको छ । उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार थिए । अन्य यात्रुबारे जानकारी आउन बाँकी रहेको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*