phone

जनताका गुनासो सुन्न घोराही उपमहानगरमा ‘टल फ्रि नम्बर’

घोराही, २८ फागुन । दाङको घोराही उपमहानगरपालिकाले जनताका गुनासा सहजै कार्यालयमा आउन सक्ने गरेर टलफ्रि नम्बरको टेलिफोन सेवा प्रदान गरेको छ । गएको माघ ११ गतेको १९ औँ नगर कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार उपमहानगरले नागरिकको गुनासो व्यवस्थापन र सहजरुपमा सुचना प्रबाहका लागि पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको हो ।

phoneउपमहानगरपालिकाको कार्य क्षेत्र भित्रका कुनै पनि गुनासा, समस्या र सूचनाका लागि पैसा नलाग्ने नम्बर १६६०८२५६५५५ को व्यवस्था गरेको हो । उक्त टेलिफोन नम्बरमा फोन गरेर कुनै पनि गुनासो राख्न, समस्या भन्न र सूचना प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाईएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । सूचना, गुनासा र समस्या सकभर तत्काललै समाधान गरिने र तत्काल सम्भब नभएकाहरुको छिटटै सम्बोधन गर्ने गरि व्यवस्थापन गरिएको उनले बतथाए ।

सूचना सञ्चार तथा तथ्यांक व्यवस्थापन महाशाखा, सामान्य प्रशासन महाशाखा र सामाजिक विकास महाशाखामा उक्त फोन सेवा जोडिएको छ । समस्या तथा गुनासाहरु सम्बन्धीत महाशाखाहरुबाट समाधान हुने र यदि हुन नसकेको तत्काल नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउन नगर प्रमुख चौधरीले निर्देशन दिएका छन् ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*