hilside

हिलसाईडले मनाईयो श्रमीक महिला दिवस

तुलसीपुर २४ फागुन । तुलसीपुर ६ घोराहीरोडमा रहेको हिलसाईड टेक्नीकल कलेजले १०८ औं श्रमीक महिला दिवस मनाएको छ । ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण , ग्रामीण तथा शहरी महिलाको जिवन स्तरमा रुपान्तरण’ भन्ने मूल नाराका साथ दिवस मनाईएको हो । दिवसका अबशरमा लैंगिक हिंसा सम्बन्धी एकल लोक गीत र गजल प्रतियोगिता गरेको थियो ।

कलेजका संस्थापक एकराज चन्दको अध्यक्षतामा भएको प्रतियोगितामा बिद्यालयमा अध्ययनरत बिभिन्न संकायका बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट एकल लोकगीतमा जेनिसा केसी र गजलमा लक्ष्मी रोकाले बिजय हाँसिल गरेकी थिईन् । कार्यक्रमको सहजीकरण छात्रा दिपा बस्नेतले गरेकी थिईन् ।

प्रतियोगितामा बिजय हाँसिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कार पनि बितरण गरिएको थियो । प्रतियोगिता शुरु हुनु पश्चात ¥याली निकाली बजार परिक्रममा गरिएको थियो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*