28124480_579816425698884_305535448_o

दुर्घटनामा परि दुई गम्भीर

संजय कुशवाहा

नवलपरासी  , २ फागुन । नवलपरासीको झुलनिपुर – त्रिवेणी सडक खण्डको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ५ बैदाैली स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा सांझ करिब सात बजेकाे समयमा सोही दिशाबाट आउदै गरेको साईकलाई एक भारतीय प्लेट नम्बर भएका माेटरसाइकल पछाडि बाट ठाेक्किदा सो दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

28124480_579816425698884_305535448_o

झुलनिपुबाट घोडहा जाने क्रममा युपी ५६ एफ २०२२ नम्बरको मोटरसाईकल र सोही दिशाबाट आउदै गरेको साईकल एक आपसमा ठाेक्किएकाे छ। दुर्घटनामा मोटरसाइकल चालक र साईकल चालक घाईते भएका हुन् । घाईते दुईजना मध्ये गम्भीर अवस्थामा रहेका मोटरसाईमल चालक प्रतापपुर गाउपालिका वडा न.२ घोडहवा वर्ष ३२ का वृजलाल हरिजनको टाउकोमा गम्भीर चोट लागेको छ । हरिजनको अवस्था गम्भीर रहेको छ भने अर्को साईकल चालक सामान्य घाइते भएका सोही गाउपालिका वडा न.५ बौदोलि वर्ष १८ का संजय पासी रहेका हुन्न ।

साईकल चालकलाई नजिकको क्लिनिकमा उपचार भएको छ भने अर्को गम्भीर घाइतेलाई समयमा एम्बुलेन्स आउन नसक्दा बाटोमा छटपटाउदै तडपी रहे गम्भीर घाईतेलाई दुई सय मिटर टाढामा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पौष्ट झुलनिपुरको गाडीमा हरिजनलाई उपचारका लागि चौपत्ता स्थित सहिद स्मृति सामुदायिक अस्पताल उपचारका लागि पठाइयो बसहिया प्रहरी चौकीका ईन्चार्ज रामकाजि गुरूङले बताएका छन । मोटरसाइकल र साईकल प्रहरीको नियन्त्रणमा छ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*